क्वालालम्पुर, नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको २० औं बार्षिक उत्सव तथा साधरण सभा भब्यताको साथ सम्पन्न भएको छ।
मलेसियाको राजधानि क्वालालम्पुर स्थित एभरेस्ट किचेन होटलको सभा हलमा भएको कार्यक्रम घेदुङ मलेसियाको अध्यक्ष बिक्रम वाईबा तामाङको अध्यक्षता र घेदुङ मलेसियाको संरक्षक पासाङ पाख्रिन तामाङ को प्रमुख आतिथ्यातामा सम्पन्न भएको थियो।
कार्यक्रमा प्रमुख सल्लाहकार संघिय सदस्य मिलन दोङ तामाङ, सल्लाहकार राजु योञ्जन तामाङ, जोहोर क्षेत्र अध्यक्ष मंगल दोङ, सल्लाहकार बिशाल नेगी, व्यावसायी राज कुमार दोङ, व्यावसायी अधिक जिम्बा लगायत थुप्रैको उपस्थिति रहेको थियो।
उक्त भेलाले बार्षिक प्रगती बिबरण र बार्षिक आयब्याय पारित गरेको छ भने भेलाको अवसर पारी मलेसियामा रहेर खेल्कुद क्षेत्रमा योग्दान गर्दै आउनु भएका सल्लाहकार राजु योञ्जन तामाङ र संस्थाको हरेक काम कार्वहिमा क्रियशिल सदस्य पेमा स्याङ्तान तामाङ लाई सम्मान गरेको थियो त्यस्तै संस्थामा रिक्त रहेको पदहरुमा प्रथम उपाध्यक्षमा ज्ञानध्वज बोम्जन तामाङ, कोषाध्यक्षमा नवराज रुम्बा, सह कोषाध्यक्षमा पेमा स्याङ्तान तामाङ मनोनित हुनुका साथै आगामि बर्षको मुख्य योजनाहरुको सुचि तयार पारेको थियो।
कार्यक्रममा संरक्षक पाख्रिनले २००५ देखि अहिले सम्म संस्थामा दुख गर्ने सबैलाई धन्यवाद दिनुका साथै बिगतको दिनमा भएको संस्थाको गतिविधि भन्दा अहिले संस्थ झन ससक्त भएको हुदा अति खुशि भएको र आगामी दिनहरुमा संस्थालाई अगाडि बढाउन आवश्य सहयोग गर्न तयार रहेको पनि प्रतिबध्दता गर्नु भएको थियो।