कान्साई, जापान – स्याङ्जा समाज कान्साई क्षेत्रीय समितिको प्रथम अधिवेशन सफलतापूर्वक सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरिएको छ। अधिवेशनले सर्वसम्मत रूपमा सूर्य प्रसाद अर्याललाई अध्यक्ष पदमा निर्वाचित गरेको छ।
नव-निर्वाचित कार्यसमिति यसप्रकार रहेको छ:
-
अध्यक्ष: सूर्य प्रसाद अर्याल
-
उपाध्यक्षहरू: कृष्ण प्रसाद पाण्डेय, अनन्त राज भट्टराई
-
सचिव: गिरिस ढकाल
-
सह-सचिव: अनिल क्षेत्री
-
कोषाध्यक्ष: अमृत पौडेल
-
सह-कोषाध्यक्ष: प्रविण भुजेल
सदस्यहरू:
राम न्यौपाने, सुन्दर पाण्डेय, पूष्पराज पोख्रेल, रमेश भण्डारी, रोशन गैह्रे, काजल गुरुङ, कृति गिरि, सुमेना श्रेष्ठ, ईश्वर रानाभाट, सुरज काफ्ले, विनोद पौडेल, शर्मिला खनाल
नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै अधिवेशनमा सहभागी सदस्यहरूले आगामी दिनमा समाजलाई अझ सशक्त र एकताबद्ध बनाउने विश्वास व्यक्त गरेका थिए। स्याङ्जा समाज कान्साईले जापानमा रहेका स्याङ्जाली नेपालीहरूबीच आपसी सहयोग, समृद्धि र संस्कृतिको संरक्षणमा योगदान पुर्याउँदै आएको छ।