दुबई। “समाज सेवा हाम्रो साझा अभियान” भन्ने मूल नाराका साथ सुनसरी समाज युएई को बृहत् चौथो ऐतिहासिक महाअधिवेशन दुबईको व्यावसायिक सहर बर–दुबईस्थित गाउँबेशी रेस्टुरेन्टको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली समाज युएईका अध्यक्ष श्री राम मोक्तान थिए भने विशिष्ट अतिथि एनआरएनए ICC युएईका कोषाध्यक्ष श्री ठाकुर प्रसाद ढुङ्गाना रहेका थिए। साथै, विभिन्न संघसंस्थाबाट आमन्त्रित विशिष्ट अतिथिहरु, संस्थापक रोहित बस्नेत, सल्लाहकारज्युसहित समाजप्रति समर्पित नेपाली दाजुभाइ–दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी सम्पूर्ण पाहुनाहरू तथा शुभेच्छुकप्रति सुनसरी समाज युएईले हार्दिक आभार प्रकट गरेको छ।
२०२५–२०२७ का लागि सर्वसम्मत चयन भएका नयाँ कार्यसमिति:
संस्थागत संरचना:
-
संस्थापक: रोहित बस्नेत
-
संरक्षक: सुरेन्द्र लामा
-
प्रमुख सल्लाहकार: डा. प्रकाश पौडेल
-
सल्लाहकारहरू: भोला ढकाल (बेदनिधि), ईश्वर श्रेष्ठ, राजु गुरुङ, निर्मला राई, जनक चौधरी, निमेष गिरी, मोहन भारती, सन्तोष न्यौपाने
केन्द्रीय कार्यसमिति (२०२५–२०२७):
-
अध्यक्ष: श्री सरु कटुवाल
-
पुरुष वरिष्ठ उपाध्यक्ष: श्री देबेन्द्र कटुवाल “बासुरी”
-
महिला वरिष्ठ उपाध्यक्ष: श्री दुर्गा अधिकारी
-
उपाध्यक्षहरू: रुद्र कार्की, सुशील कुमार श्रेष्ठ, भवानी नेपाल, अनुप तामाङ
-
महासचिव: श्री शेरमान लिंखा
-
सचिव: श्री अनिश खड्का
-
कोषाध्यक्ष: श्री साजन परियार
-
सह–कोषाध्यक्ष: श्री नमिता थापा
-
सदस्यहरू: निर्मल आचार्य, प्रेम कुमार लिम्बु, सबिता नाल्बो, उज्ज्वल कुमार कार्की, खेमराज भुजेल, पुजा बस्नेत, लोकेन्द्र के.सी., पबु अधिकारी
विभागीय संयोजन:
-
प्रवक्ता: श्री चिरन्जिबी पोख्रेल
-
मुख्य संयोजक: श्री बिन्दु भट्टराई
-
पुनःसंयोजक: श्री तिलक ब. कार्की
-
व्यवस्थापन प्रमुख: श्री मनु तामाङ
-
उद्धार प्रमुख: श्री सबिना पराजुली
-
साहित्य प्रमुख: श्री भवानी नेपाल
-
सांस्कृतिक प्रमुख: श्री सनम रसाइली
-
आध्यात्मिक प्रमुख: श्री निर्मल आचार्य
-
टेक्निकल प्रमुख: श्री राजन धमला
-
खेलकुद प्रमुख: श्री मुकेष राई
-
अबुधाबी क्षेत्र प्रमुख: श्री सन्तोष न्यौपाने
नेपाल प्रतिनिधि मण्डल:
-
महिला संरक्षक: श्री देबिका आचार्य
-
पुरुष संरक्षक: श्री इन्द्र बिस्ट
-
नेपाल सल्लाहकारहरू: श्री कटक राई, श्री राम आचार्य
कार्यक्रमको शुभारम्भमा सुनसरी समाज युएईका अध्यात्मिक गुरु श्री निर्मल आचार्यले स्वस्तिवाचन गर्दै पिपलको पातमा समाजको लोगो राखी धार्मिक–आध्यात्मिक शैलीमा अतिथिहरूलाई सम्मान गर्नु भएको थियो। उहाँ हालको कार्यसमितिमा अध्यात्मिक विभाग प्रमुख समेत हुनुहुन्छ।