बाढीमा हराएको मेगा बैंकको भल्ट भेटियो, नगद सुरक्षित

everest kitchen

काठमाडौं । मुस्ताङमा लेदो सहितको बाढीका कारण पुरिएको बैंकको भल्ट फेला परेको छ । गएको महिना २८ गतेको बाढीमा इन्भेस्टमेन्ट मेगा बैंक समेत डुबानमा परेको र बैंकमा रहेको भल्ट समेत हराउन पुगेको थियो ।

हराएको उक्त भल्ट खोजेर निकाल्दै नेपाल प्रहरी सहित अन्य सुरक्षा निकाय, कर्मचारी तथा स्थानीय व्यक्तिहरूले लामो समयपछि फेला पारेका हुन । उक्त भल्ट भित्र रहेको नगद रकम सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

मुस्ताङ, वारागुङ मुक्तिक्षेत्र गा.पा. वडा नं. ४ स्थित कागखोलामा लेदो सहितको भीषण बाढी आई कागबेनी बजारमा रहेका विभिन्न संरचनामा क्षति पुर्‍याँउदा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक समेत डुबानमा परेको थियो ।

बाढीका कारण स्थानीय प्रहरी चौकी सहित २९ वटा संरचना पूर्ण क्षति हुन पुगेका थिए ।