क्वालालम्पुर, मलेसिया |
लामो समयदेखि मलेसियामा जेल जीवन बिताइरहेका पर्सा जिल्ला, भौरातार–७ निवासी सोनालाल सहनीलाई स्वदेश फर्काउनका लागि पहल गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, प्रवास सम्पर्क विभाग मलेसियाले नेपाल राजदूतावास मलेसियासँग समन्वय गरी सहनीको उद्धार प्रक्रिया सफल बनाएको हो।
विभागको सक्रिय पहलमा सहनीको सबै कानुनी र प्रशासनिक प्रक्रिया पूरा भइसकेको छ। अब उहाँ जुलाई ३ मा नेपाल फर्किने निश्चित भएको छ।
उद्धार कार्यमा सहजीकरण गर्दै प्रवास सम्पर्क विभागले उहाँको स्वदेश फिर्तीका लागि आवश्यक हवाई टिकटसमेत उपलब्ध गराएको जनाएको छ।
रास्वपा मलेसिया शाखाले जानकारी दिँदै भनेको छ, “उहाँको दुःखद परिस्थितिलाई मध्यनजर गर्दै हाम्रो टिमले दूतावाससँग मिलेर उद्धार प्रक्रिया अगाडि बढायौँ। अब उहाँ स्वदेश फर्कन सक्नुहुनेछ भन्ने खबरले हामी अत्यन्त खुशी छौँ।”
सोनालाल सहनीले लामो समयदेखि मलेसियामा कैद जीवन बिताइरहेका थिए। उहाँको व्यक्तिगत सुरक्षालाई ध्यानमा राख्दै स्वदेश फर्किने सम्पूर्ण व्यवस्था सुनिश्चित गरिएको छ।