काठमाडौं, १५ असार । भिजिट भिषा प्रकरणमा असहमति जाहेर गर्दै आएका दुइ दल प्रतिनिधिसभाको बैठकबाट बाहिरिएका छन् ।
जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू प्रतिनिधिसभा बैठकबाट बाहिरिएका हुन ।
भिजिट भिसा प्रकरणलाई लिएर नियमितरूपमा संसद्मा विरोध जनाउँदै आएका रास्वपा र राप्रपाका सांसद आज पनि बैठक कक्षबाट बाहिरिएर बिरोध जनाएका हुन् ।
उनीहरू आफ्ना कुराहरू राखेर प्रतिनिधिसभा बैठकवाट नियमित झै आज पनि बाहिरिएका हुन् ।