सिड्नी, अस्ट्रेलिया —
बैंकिङ पेशाबाट सुरु भएको यात्रालाई सामुदायिक सेवामा समर्पणमा परिणत गरेका बिशाल रेग्मी, एनआरएनए अस्ट्रेलिया (NSW) को आगामी कार्यकाल २०२५–२०२७ का लागि एससीसी सदस्य पदमा उम्मेदवार बनेका छन्।
नेपालमा बैंकिङ क्षेत्रमा अनुभव हासिल गरेका रेग्मीले अस्ट्रेलिया आएपछि रिटेल, हस्पिटालिटी, र अहिले ड्राइभिङ स्कूल सञ्चालनमार्फत प्रवासी नेपालीहरूलाई आत्मनिर्भर र सशक्त बनाउन समर्पित भई काम गर्दै आएका छन्। उनी हाल सिड्नीको होर्न्स्बी क्षेत्रमा बसोबास गर्छन्।
रेग्मीले आफ्नो व्यवसायिक यात्रासँगै निम्न क्षेत्रहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्:
-नयाँ आप्रवासीहरूलाई सिपमूलक तालिम र परामर्श
-रोजगारीमा पहुँच, व्यक्तित्व विकास र आत्मबल अभिवृद्धि
-युवाहरूमाझ जीवनोपयोगी मार्गदर्शन
-नेपाली समुदायबीच एकता र समन्वयमा सक्रिय भूमिका
उनको भनाइमा, “नेतृत्व भनेको पद होइन, जिम्मेवारी हो – जसको आधार विनम्रता, सहकार्य र साझा प्रगति हो।”
रेग्मीले चलाएको ड्राइभिङ स्कूल केवल गाडी चलाउन सिकाउने माध्यम मात्र होइन, यो नयाँ देशमा आत्मनिर्भरता र आत्मविश्वास जगाउने एउटा सशक्त अभियान हो। उहाँको कार्यशैली शान्त, मानवीय र नतिजामुखी भएको समुदायले प्रशंसा गर्दै आएको छ।
एक समर्थकले भनेका छन्, “बिशाल रेग्मीको समर्पण र मानवीय दृष्टिकोणले उहाँलाई SCC सदस्य पदको लागि उपयुक्त उम्मेदवार बनाउँछ।”
एनआरएनए अस्ट्रेलिया (NSW) को आगामी निर्वाचनमा बिशाल रेग्मीलाई समर्थन गर्दै समुदायले उनीजस्तो निःस्वार्थ र व्यवहारिक उम्मेदवारलाई अवसर दिनुपर्ने जनाइएको छ।
“हाम्रो नेतृत्व, हाम्रो प्रतिबद्धता – समाजका लागि बिशाल”