मगरसंघ मलेसियाले माघे संक्रान्ति मनाउने

everest kitchen

जोहोर बारु (मलेसिया)।   ( मगर ) समुदायको मौलिक भेषभुषा ,भाषा ,कला, संस्कार,संस्कृति र पहिचान लाई संरक्षण, प्रबर्द्धन गर्ने उद्देश्यका साथ नेपाल मगर संघ मलेसियाले मगर जातिको महान चाड माध्या/मकर/ माघे सक्रान्ती र मगरहरुको बिशेष दिन ४२औ (मगर दिबस)को शुभकामना आदानप्रदान कार्यक्रम तथा जोहोर क्षेत्रीय समितिको अधिबेशन कार्यक्रम- २०८० हुने भएको छ ।

सन् २००६ देखीनै मलेसियामा स्थापित संस्था नेपाल मगर संघ मलेसियाले बिगतका बर्षमा झै यसपाली पनि शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रम मिति सन् २०२४ फेब्रुअरी ११ तारिख आइतबार Z Hotel JB मा आयोजना गर्ने तीब्र तयारी थालिएको नेपाल मगर संघ मलेसियाको केन्द्रीय सदस्य तिपेन्द्र बुढामगरले जानकारी दिए ।

उक्त शुभकामना आदानप्रदान कार्यक्रम र जोहोर क्षेत्रीय समितिको अधिबेशन पनि भएकोले साह्रै  उत्साहजनक भएको अध्यक्ष पुश्मिता ठाडामगरले बताईन।

यस कार्यक्रममा स्थानीय कलाकार, नेपाल मगर संघ मलेसियाका कलाकारहरु र जोहोर क्षेत्रीय समितिका  कलाकारहरुले मगरहरुको संस्कार, संस्कृति झल्काउने विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति हरु पस्किने तयारी पनि भैइरहेको छ। भने उक्त कार्यक्रमलाई पेनाङ क्षेत्रीय समितिले पनि बिशेष सहयोग गरेको अध्यक्ष ठाडामगरले बताईन ।

नेपाल मगर संघ मलेसियाले आफ्नो जातीय समुदायको संस्कृतिलाई प्रवासमा प्रचारप्रसार गरेर विश्वमाझ चिनाउने संगै यहाँ भैइपरि आउने समस्यामा पीडित नेपाली श्रमिकहरुलाई आर्थिकतथा  भौतिक सहयोग गरि उद्धार गर्ने गरेको छ।