पर्थ, अष्ट्रेलिया –
नेपाली समुदायप्रति निरन्तर सेवा भाव राख्दै आएका समाजसेवी दिप राज मिश्रले आगामी कार्यकाल (२०२५–२०२७) का लागि NRNA पश्चिम अष्ट्रेलिया (WA) को उपसंयोजक (Deputy Coordinator) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
२०१३ मा अष्ट्रेलिया आएका मिश्रले विगत केही वर्षयता नेपाली समुदायका सांस्कृतिक, साहित्यिक, खेलकुद तथा सामाजिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएका छन्। उनले नेपाली डायस्पोराको आवश्यकतालाई नजिकबाट बुझेको र समुदायका हितका लागि योजनाबद्ध ढंगले काम गर्ने प्रतिबद्धता जनाएका छन्।
मिश्रका प्रमुख एजेन्डा:
🔹 अष्ट्रेलियामा रहेका नेपालीहरूको हकहितमा आवाज उठाउने
🔹 कन्सुलर सेवा सुधार तथा पहुँच विस्तार
🔹 नेपाली मन्दिर र कम्युनिटी सेन्टरको निरन्तर समर्थन
🔹 नेपाली व्यवसाय, रोजगारी र युवासँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन
🔹 मानसिक स्वास्थ्य र घरेलु हिंसाविरुद्ध सचेतना
🔹 नेपाली संस्कृति, चाडपर्व र मौलिकताको प्रवर्द्धन
🔹 समावेशी, पारदर्शी र जवाफदेही नेतृत्व
🔹 नेपाली फूड एन्ड कल्चर फेस्टिभल आयोजना
🔹 खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिबाट समुदायमा एकता प्रवर्द्धन
उनको प्रतिबद्धता: “म पारदर्शी रूपमा काम गर्नेछु, संयोजक र समितिसँग सहकार्य गर्दै नयाँ सोच र योजनाबाट समुदायको हितमा ठोस परिणाम ल्याउने प्रयास गर्नेछु। हामी सँगै मिलेर नेपाली पहिचान जोगाउँदै अष्ट्रेलियामा अझ मजबुत र एकीकृत समुदाय निर्माण गर्न सक्छौँ।”
मिश्रले सम्पूर्ण पश्चिम अष्ट्रेलियामा बसोबास गर्ने नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमाबुबासँग हार्दिक समर्थन, सल्लाह र मतको अपेक्षा गरेका छन्।