सिड्नी, जुलाई ७, २०२५ – आगामी NRNA अष्ट्रेलिया – न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् (SCC) को कार्यकाल (२०२५–२०२७) का लागि विशाल शिवाकोटीले SCC सदस्य (State Coordination Council Member) पदमा उम्मेदवारी घोषणा गरेका छन्।
शिवाकोटीले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्दै भने, “समुदायका अग्रजहरूलाई सम्मान गर्दै, अनुभव र युवाको समन्वयमा आधारित एक सकृय र सक्षम टिम लिएर हामी अगाडि बढेका छौं।”
उनका अनुसार, उनीहरूको टिम सच्चा, समर्पित र पारदर्शी सेवामा विश्वास राख्ने सोच बोकेर आएको छ। शिवाकोटीले विगतको अनुभव र वर्तमान सक्रियताका आधारमा नेपाली डायस्पोरालाई अझ सशक्त र एकीकृत बनाउन प्रतिबद्धता व्यक्त गरेका छन्।
उनी भन्छन्, “हिजोका अनुभव र आजका सक्रियतासँगै हामी सबैको सहभागितामा मजबुत डायस्पोरा निर्माण गरौं।”
विशाल शिवाकोटीले सम्पूर्ण नेपाली समुदायसँग साथ, समर्थन र विश्वासको अपेक्षा गर्दै आफ्नो उम्मेदवारीलाई सार्थक बनाइदिन अनुरोध गरेका छन्।