प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान, अमेरिकाबाटै सिधै चीन भ्रमण जाने

everest kitchen

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका प्रस्थान गरेका छन्।

साँझ ६ बजे कतार एयरलाइन्सको फ्लाइटबाट उनी अमेरिकाको न्युयोर्क गएका हुन्।

उनलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायत मन्त्रीहरू तथा नेताहरूले बिदाइ गरेका थिए।

असोज १ गतेदेखि ९ गतेसम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ गएका हुन्।

भ्रमण टोलीमा प्रधानमन्त्रीको सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता छ।

प्रधानमन्त्रीको सचिवालयबाट स्वकीय सचिव गंगा दाहाल, फोटोग्राफर प्रदीपराज वन्त र दुईजना सुरक्षा गार्ड छन्।

अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्रीले सार्क राष्ट्रका प्रमुखसंग ब्रेकफास्ट मिटिङसमेत गर्ने बताएको छ । त्यस्तै प्रधानमन्त्री दाहालको टोलि नेपाल नफर्की सिधै चिन भ्रमण गर्ने कार्यक्रम तय भएको समेत माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।