अष्ट्रेलिया – लामो समयदेखि सामाजिक सेवा, व्यवसायिक नेतृत्व र समुदाय निर्माणमा सक्रिय अशोक बहादुर ढुङ्गेलले गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया (२०२५–२०२७) कार्यकालका लागि राष्ट्रिय युवा सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
ढुङ्गेलले सन् २०२३–२०२५ कार्यकालमा NRNA Australia अन्तर्गत “Community, Embassy & Consulates Liaison & Promotion Committee” मा सदस्यको रूपमा सेवा पुर्याइसकेका छन्। सामाजिक सेवा तथा प्रवासी नेपाली समुदायको उत्थानमा उनले एक दशकभन्दा बढी समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
पेशागत पृष्ठभूमि:
-
६ वर्षभन्दा बढी समय ओभरसिज सिभिल, बिल्डिङ्ग र कन्स्ट्रक्सन क्षेत्रमा अनुभव
-
३ वर्षदेखि अष्ट्रेलियामा पेशागत रूपमा क्रियाशील
-
युवा तथा कामकाजी वर्गले भोगिरहेका चुनौती र सम्भावनाप्रति गहिरो बुझाइ
प्रमुख एजेन्डा – युवा सदस्यका रूपमा:
1️⃣ व्यावसायिक सीप र ट्रेडमा आधारित सशक्तीकरण
-
ट्रेड प्रोफेसनलाई सम्मान र प्रवर्द्धन
-
सिभिल, कन्स्ट्रक्सन तथा सीपमूलक पेशामा युवा सहभागिता, तालिम, लाइसेन्सिङ्ग सहयोग
2️⃣ नैतिक नेतृत्व र समावेशी प्रतिनिधित्व
-
पारदर्शिता र जवाफदेही नेतृत्व
-
विद्यार्थी, कामदार, उद्यमी सबैलाई समेट्ने सहभागितामूलक दृष्टिकोण
3️⃣ युवा उद्यमशीलता र नवप्रवर्तन
-
स्टार्टअप, स्व–रोजगार तथा व्यावसायिक नवप्रयोगमा जोड
-
वर्कशप, नेटवर्किङ्ग र मेन्टोरशिप कार्यक्रमहरू
4️⃣ सामुदायिक सहभागिता र सामाजिक उत्तरदायित्व
-
एकता, पहिचान र सहकार्य प्रवर्द्धन गर्ने युवा कार्यक्रमहरू
-
समाजसेवा तथा निर्णय प्रक्रियामा युवाको सक्रिय सहभागिता
5️⃣ खेलकुद, फिटनेस र मानसिक स्वास्थ्यको प्रवर्द्धन
अशोक ढुङ्गेलले भनेका छन्: “भविष्य बलियो बनाउन, हामीले युवालाई सशक्त, एकीकृत र जिम्मेवार बनाउनु पर्दछ।
मेरो प्रतिबद्धता हरेक नेपाली युवाको आवाज उठाउने हो — चाहे उनी विद्यार्थी हुन्, पेशाकर्मी, उद्यमी, श्रमिक वा सपना देख्ने व्यक्ति!”