मलेसियामा बुद्ध जयन्ती मनाउने तयारी

everest kitchen

मलेसिया । नेपाली राजदुतावास मलेसियाको पहल र विभिन्न संघ संस्थाको अपासी साझेदारीमा मलेसियामा बुद्ध जयन्ती मनाउने भएको छ ।

राजदुतावासले मलेसियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई दुताबासमा उपस्थित भइ बुद्ध जयन्ती मनाउने बारे छलफल गरेको हो ।

दुताबासमा भएको छलफलमा मलेसिया स्थित विभिन्न जातीय संस्था र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्तिथीमा नेपाली राजदुतावासको प्रमुख संयोजकत्वमा कार्यक्रम हुने गरि दुइ संयोजक समिति सहित गठन गरेका छन् । जसमा आर्थिक संयोजक नेत्र केसी र ब्यबस्थापन संयोजक बिपिन राई हुने गरि संयोजक समिति तयार पारेको हो भने संयोजक समितिमा मलेसिया स्थित कृयाशिल संघ संस्था सदस्य रहने भएको हो।

कार्यक्रममा बुद्ध जयन्ती कार्यक्रमलाई सादाझै यस बर्ष पनि भब्यताको साथ सफल पार्न सम्पूर्ण मलेसिया स्थित नेपाली समुदाय संघ संस्था जुट्नु पर्ने बताउदै मलेसियामा रहेको संघ संस्थाहरु संग सहकार्य र हातेमालो गर्नु आबस्यक रहेको नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाका महामहिम राजदूत डिल्लीराज पौडेलले बताए ।

बुद्ध जयन्ती मलेसियाको मिति अनुसार अगामी मार्च महिनाको २२ तारिख विसाक डे को अवसरमा मनाउने भएको हो।