ब्रिस्बेन, अष्ट्रेलिया — अष्ट्रेलियाको प्रवासी नेपाली समुदायमा एक दशकभन्दा बढी समयदेखि सक्रिय सेवा, नेतृत्व र सामाजिक संलग्नताको अनुभव बोकेका अतुल खड्काले गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी कार्यकाल २०२५–२०२७ का लागि क्विन्सल्याण्ड राज्य संयोजक (State Coordinator – QLD) पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।
सन् २०१३ मा विद्यार्थीका रूपमा अष्ट्रेलिया प्रवेश गरेका खड्का हाल NRNA Australia का National Public Officer (२०२३–२०२५) का रूपमा कार्यरत छन्। यसअघि उनले NRNA QLD अन्तर्गत विभिन्न महत्वपूर्ण भूमिकाहरूमा कार्य गरिसकेका छन्:
-
युवा सदस्य (२०१५–२०१७)
-
सदस्य (२०१७–२०१९)
-
युवा संयोजक (२०१९–२०२१)
-
सचिव (२०२१–२०२३)
अनुभव र योगदानहरू:
✅ विद्यार्थी तथा आप्रवासी सहायता कार्यक्रम — करियर गाइड, सपोर्ट नेटवर्क
✅ कोभिड महामारीमा राहत सहयोग — खाना, आवास र आपतकालीन सामग्री
✅ घुम्ती राहदानी सेवा — दूतावास समन्वय
✅ रक्तदान तथा संस्कृति प्रवर्द्धन कार्यक्रम — चाडपर्व, संस्कृति संरक्षण
✅ Walk for Welfare अभियान — सामाजिक सचेतना र सहयोग
✅ Nepal Festival मा निरन्तर १० वर्षको सहभागिता — नेपाली कला, संस्कृति र पहिचानको संरक्षणमा समर्पण
आगामी प्राथमिक योजनाहरू:
🔸 “NRNA Help Desk – QLD” स्थापना — आपतकालीन सहयोग, जानकारी तथा सल्लाह
🔸 विद्यार्थी, आप्रवासी तथा युवाका लागि — मेंटरशिप, व्यवसायिक नेटवर्किङ, करियर गाइड
🔸 Regional Queensland मा पहुँच विस्तार — समावेशी र क्षेत्रीय कार्यक्रम
🔸 जेष्ठ नागरिक, महिला, बालबालिकाको सक्रिय सहभागिता सुनिश्चित
🔸 एकीकृत नेपाली डायस्पोरा निर्माण — भाषा, संस्कृति, पहिचानको संरक्षणमा केन्द्रित पहल
अन्त्यमा, खड्काले नेपाली समुदायलाई सम्बोधन गर्दै भनेका छन्: “म तपाईंहरूको समर्थन, सुझाव र विश्वासको अपेक्षा गर्दछु। आउनुहोस्, हामी सबै मिलेर अझ बलियो, एकीकृत र सशक्त नेपाली समुदाय निर्माण गरौँ।”