एनआरएनए NCC अष्ट्रेलियाको कोषाध्यक्ष पदमा निजन चौलागाईंको उम्मेदवारी घोषणा

everest kitchen

सिड्नी, अष्ट्रेलिया – जुलाई ९, २०२५

गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि निजन चौलागाईंले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

एनआरएनए न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् सदस्य, नेपाल फेस्टिवल टास्कफोर्स सदस्य, र हालैसम्म Nepali Australian Youth Association (NAYA) को अध्यक्षको रूपमा सेवा गर्दै आएका चौलागाईं समुदायप्रति उत्तरदायी, पारदर्शी र समर्पित सेवा भावका लागि परिचित छन्।

उम्मेदवारी घोषणासँगै चौलागाईंले प्रस्तुत गरेका प्रमुख प्राथमिकताहरू यसप्रकार छन्:

🔹 सरकारी निकायहरूबाट अनुदान तथा वित्तीय स्रोतहरूको खोज तथा सुनिश्चितता
🔹 लेखा प्रणालीमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न आधुनिक रिपोर्टिङ प्रणालीको विकास
🔹 राज्य र फोरम कोषाध्यक्षहरूसँग सहकार्य गर्दै वित्तीय कार्यक्षमता वृद्धि
🔹 NSW SCC सँग समन्वयमा एनआरएनएको स्थायी सचिवालय स्थापना गर्दै स्वयंसेवकहरूको दिगो सहभागितालाई संस्थागत बनाउने
🔹 संस्थाको वित्तीय स्थायित्व र संस्थागत क्षमतामा दीर्घकालीन सुदृढीकरण

चौलागाईंले भनेका छन्, “म कोषाध्यक्षको जिम्मेवारीमा रहँदा, NRNA अष्ट्रेलियालाई अझ व्यावसायिक, उत्तरदायी र समावेशी संस्था बनाउने दिशामा काम गर्नेछु।”

उनले आफ्नो विस्तृत कार्ययोजना र दूरदृष्टि केही दिनमा सार्वजनिक गर्ने बताएका छन्।

NRNA NCC अष्ट्रेलियाको निर्वाचन आगामी २६ जुलाई २०२५ (शनिबार) मा हुने तयारीमा रहेको छ। उम्मेदवार चौलागाईं, अनुभव र दूरदृष्टिका आधारमा सशक्त दावेदारका रूपमा अगाडि आएका छन्।