अष्ट्रेलिया — आगामी २०२५–२०२७ कार्यकालका लागि हुने गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया को निर्वाचनमा नारी निकुञ्ज (NRNA Women Forum) को राष्ट्रिय सह-संयोजक (Deputy Coordinator) पदमा प्रतिभा आर.एल. शाहले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
समर्पण र उद्देश्यपूर्ण नेतृत्व
प्रतिभा शाहले अष्ट्रेलियाभरका नेपाली समुदायलाई सम्बोधन गर्दै भनिन्:“यो कदम मेरो महिलाप्रतिको प्रतिबद्धता, नेपाली सांस्कृतिक पहिचानको संरक्षण, र पुस्ता–पुस्ताबीचको एकता सुदृढ पार्न गरिएको प्रयास हो।”
उनले नेतृत्व, सशक्तिकरण, सहयोग र समावेशी समुदाय निर्माणलाई आफ्नो प्रमुख कार्यक्षेत्र बनाउने घोषणा गरेकी छन्।
प्रमुख प्राथमिकताहरू:
🔹 महिलाहरूको नेतृत्व क्षमता र निर्णय प्रक्रियामा सहभागिता प्रवर्द्धन
🔹 महिला तथा युवाहरूलाई सशक्त बनाउन शिक्षा, सीप विकास र मार्गदर्शन
🔹 युवा महिला, विद्यार्थी तथा नयाँ आप्रवासीहरूलाई व्यवहारिक सहारा
🔹 अष्ट्रेलियामा दोस्रो पुस्ताका युवासँग नेपाली संस्कृति जोड्ने प्रयास
🔹 मानसिक स्वास्थ्य सम्बन्धी चेतना र घरेलु हिंसाविरुद्धको स्पष्ट आवाज
🔹 नेपालका दुर्गम तथा पिछडिएका क्षेत्रहरूमा परोपकारी कार्यक्रम मजबुत बनाउने
🔹 एनसीसी तथा सबै राज्य समन्वय समितिहरूसँग सहकार्य गर्दै समावेशी कार्यसंस्कृति बनाउने
प्रतिभा शाहको सेवा–यात्रा:
प्रतिभाको सामाजिक सेवाको यात्रा भारतको मुम्बईस्थित सेन्ट जेभियर्स कलेजबाट सुरु भएको थियो। विद्यार्थी जीवनमा उनले दृष्टिविहीन सहयोग संस्था XRCVC र AICUF (All India Catholic University Federation) मार्फत नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन्।
नेपालमा उनले गाउँस्तरका परियोजनामा काम गर्दै सामूहिक सहभागिता र सहकार्यको महत्व बुझिन्।
अष्ट्रेलियामा उनी विभिन्न संघसंस्थामार्फत सक्रिय रहिएकी छन्:
✅ Nepalese Association of Victoria (NAV)
✅ Farwestern Nepalese Society of Victoria (FWNSV)
✅ Melbournepal Inc. (संस्थापक सदस्य तथा प्रवक्ता)
✅ NRNA Victoria – Nari Nikunja Team Member (2023–2025)
यी सबै अनुभवहरूले उनलाई समुदायप्रतिको सेवा भावना र महिलाको आवाज बुलन्द गर्ने प्रेरणा दिएको स्पष्ट देखिन्छ।
“सबै मिलेर अघि बढौं” – प्रतिभा शाहको अपिल:“महिलाको सशक्तिकरण, सामाजिक एकता, र हाम्रो नेपाली पहिचानको सम्मानका लागि म तपाईंहरूको साथ चाहन्छु।”
उनले शनिबार, जुलाई २६, २०२५ मा हुने निर्वाचनमा समर्थनको आह्वान गर्दै भनेकी छन् – “आउनुहोस्, हामी सबै मिलेर अझ समावेशी र सशक्त नेपाली डायस्पोरा निर्माण गरौं।”