मलेसिया । मलेसियाको केलाङ स्थित तेन्कु अम्पुवान रहिमा हस्पिटलमा पहिचान नखुलेको अवस्थामा उपचाररत रहेका सुरेन्द्र माझीलाई ४ सय ७८ दिनपछि उद्दारगरि स्वदेश फर्काईएको छ । केही महिना अघिमात्रै पहिचान किटान भएपछि उनलाई नेपाल एयरलाईन्सको उडानबाट २२ डिसेम्बरका दिन फिट टु फ्लाई कन्डिसनमा स्वदेश फर्काईएको हो ।
अस्पतालले उपलब्ध गराएको जानकारी अनुसार माझीलाई १९ अगष्ट २०२३ का दिन सवारी दुर्घटनामा परि अचेत अवस्थामा अस्पताल पुर्याइएको थियो । अस्पताल पुग्दा माझी ईन्ट्राक्रियल रक्तस्राव सहित अति दर्दनाक अनि गम्भीर मस्तिष्क चोट संग जुधिरहेका थिए । अस्पताल भर्ना हुदा पूर्णतय अचेत रहेका उनको उपचार क्रममा सुधार हुँदै गएपनि मस्तिष्कमा लागेको गम्भीर चोटका कारण सतप्रतिशत सुधार हुन सकेको थिएन । साथै उनको साथमा वास्तविक परिचय खुल्नेगरिको कुनै कागजपत्र नहुदा अस्पताल बसेको ४ सय ५५ दिनसम्म उनको पहिचान खुल्न नसकेको हो । यद्यपि अस्पताल प्रसाशनले नेपाली हो भन्ने लख काटेपनि सम्बन्धित निकायबाट आधिकारीक किटान नहुदा उनको पहिचान खुल्नमा ढिलाई भएको थियो ।
अस्पताल प्रसाशनको प्रयत्नबाट यकिन पहिचान गर्नमा कठिनाई भएपछि उपचारमा संलग्न डा.प्रमिलाले आप्रवासी कामदारहरुको हक अधिकारको क्षेत्रमा काम गर्ने संस्था आवर जर्नी मलेसियाका निर्देशक सुमिथालाई गुहारीन । आवर जर्नीले नेपाली आप्रवासी कामदारहरुको हकमा पिएनसिसि संग सहकार्य गर्ने गरेको हुदा उक्त समस्या सुमिथा मार्फत पिएनसिसि संयोजक पूर्ण लिम्बू सम्म आईपुगेको थियो । तत्पश्चात पूर्ण लिम्बूको पहलकदमीले नेपाली राजदूतवास र पिएनसिसि नेपालको समन्वयमा पहिचान हुन नसकेको सो बिरामी नेपाली नागरिक भएको र उनको घर महोत्तरी जिल्ला भटौलिया वडा नं ६ मा रहेको किटानी भएको थियो ।
सुरेन्द्रको उद्दारमा डा. प्रमिलाको स्रहनिय भूमिका रहेको छ । उपचारमा लागेको करिव आरएम एकलाख तीसहजार भन्दा ज्याद खर्च उहाकै पहलमा अस्पताल प्रसाशनले छुट गरेको हो । त्यसका साथै दूतवास, अध्यागमन र हवाई उडानको अनुकुलता हुनेगरि उहाले नै एम्बुलेन्स सेवा सहित उद्दारमा सहजिकरण गरि दिएकी थिईन । त्यसैगरि नेपाली राजदूतवासले निशूल्क ट्राभल्स डकुमेन्ट र हवाई टिकट उपलब्ध गराउनुका साथै अबैधानिक बापत अध्यागमनमा गर्नु पर्ने कागजी प्रकृयाका लागि द्रुतसेवा उपलब्ध गराएको थियो । अध्यागमन जरिमाना बापतको आरएम ५ सय आवर जर्नीले बेहोरिदिएको हो भने एम्बुलिफ्ट र विरामीका लागि ह्विल चियर खरिदका लागि लाग्ने खर्चको प्रवन्ध तेह्रथुम सेवा समाजले गरिदिएको थियो ।
पिएनसिसि मलेसियाको सक्रियतामा उद्दार गरि स्वदेश फर्काईएको सुरेन्द्रलाई पिएनसिसि नेपालको रोहवरमा परिवारको जिम्मा लगाई सकिएको छ ।