रमेश खड्का एनआरएनए अष्ट्रेलिया (2025–2027) का लागि VIC SCC सदस्य पदमा उम्मेदवार

everest kitchen

मेलबर्न, अष्ट्रेलिया – आगामी जुलाई २६ मा हुने गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया निर्वाचनको तयारीका बीच, रमेश खड्काले आधिकारिक रूपमा VIC SCC सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

“मेरो उम्मेदवारी व्यक्तिगत आकांक्षा होइन, समर्पित सेवा भावनाबाट प्रेरित छ,” खड्काले घोषणा गर्दै भने, “यो केवल प्रतिस्पर्धाको चाहना होइन—गैरआवासीय नेपाली समुदायको आवाज बन्ने यात्राको सुरुवात हो।”

उनले पारदर्शिता, जवाफदेहिता र समावेशितालाई केन्द्रमा राख्दै NRNA लाई थप समुदायमैत्री, व्यवस्थित र परिणाममुखी बनाउने स्पष्ट दृष्टिकोण अघि सारेका छन। विगतमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संघमा आवद्ध रहँदै आएको अनुभवलाई उनले नेतृत्वमा रूपान्तरण गर्न चाहेका छन् ।

“नेतृत्व भनेको भाषण होइन, कर्म हो,” खड्काको भनाइ छ। “NRNA कुनै भवन मात्रै होइन—यो त तपाईं, म र हामी मिलेर बनाएको समुदाय हो।”

रमेश खड्का एक युवा सोच, समुदायप्रतिको समर्पण र आवश्यक अनुभवको संयोजनसहित मैदानमा उत्रिएका छन् । उनले सबै समुदाय सदस्यहरूलाई सहकार्य र साथको लागि आह्वान गर्दै भने, “हामी नयाँ सोच र प्रतिबद्धताको टिमसहित अघि बढ्दैछौं। आउनुहोस्, सँगै बलियो, एकताबद्ध र समावेशी NRNA निर्माण गरौं।”