क्यानबेरा, अष्ट्रेलिया | १४ जुलाई २०२५ — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया, ACT राज्यका लागि समाजसेवी यमुना कँडेलले सामाजिक न्याय तथा महिला सञ्जाल (SNN) सदस्य पद (कार्यकाल २०२५–२०२७) मा उम्मेदवारी घोषणा गरेकी छिन्।
“म यमुना कँडेल, NRNA अष्ट्रेलिया ACT SNN सदस्य पदको लागि उम्मेदवार बनेकी छु,” भन्दै उनले महिला सशक्तिकरण र समुदाय सेवाप्रतिको आफ्नो अठोट प्रस्तुत गरेकी हुन्।
उनी भन्छिन्, “हामी SNN का सदस्यहरूका रूपमा ACT को नारी निकुञ्जलाई अझ सक्रिय, समावेशी र सहयोगी बनाउने प्रतिबद्धता गर्छौं — यो स्थान केवल महिलाहरूका लागि मात्र होइन, कठिन परिस्थितिमा परेका वा सहारा खोजिरहेका सबैका लागि हुनुपर्छ।”
उनको दृष्टिकोण स्पष्ट छ — समुदायभित्र सबैको सहभागिता, सुरक्षाको अनुभूति र स्वतन्त्र अभिव्यक्तिको सुनिश्चितता:
“हामी सबै मिलेर सुरक्षित र समावेशी समुदाय निर्माण गरौं, जहाँ प्रत्येक व्यक्तिले बिना झिझक आफ्नो समस्या र विचारधाराहरू स्वतन्त्र रूपमा अभिव्यक्त गर्न सकून्।”
NRNA ACT राज्यको निर्वाचन २६ जुलाई २०२५ मा हुने तय भएको छ। कँडेलले महिला सशक्तिकरण र समाज सुधारतर्फ कार्य गर्न इच्छुक नेपाली समुदायका सदस्यहरूबाट समर्थनको अपील गरेकी छन्।