“राजा रानी” सेलो गित सार्वजनिक

everest kitchen

अमिर लोप्चन
काठमाडौ । तामाङ गित संगीतमा धेरैको पर्खाईमा रहेको “राजा रानी” सेलो गित सार्वजनिक भएको छ ।

गित सार्वजनिक हुनु अगाबै टिकटकमा चर्चा पाउन सफल रितु बोम्जनको प्रस्तुतिमा रहेको तामाङ सेलो डान्सिङ गित “राजा रानी” अडियो भिडियो सहित रिलिज भएको हो। गितलाई जेठ १५ गते रिलिज गर्ने भनिएता पनि प्राबिधिक समस्याको कारण सार्वजनिक गर्न नसिकिएको निर्माण पक्षले जानकारी दिएको छ ।

उक्त तामाङ सेलो गितमा तामाङ सेलो संगीतमा फरक धार अनि फरक टेस्ट दर्शक सामु प्रस्तुत गर्दै आएका गायक तथा संगीतकार कोसिस थोकरको बेजोड संगीत अनि अवाजमा सार्वजनिक भएको छ । गायक थोकर संगै तामाङ सेलो जगतमा अत्याधिक माग अनि सफलता पाउन सफल सुमधुर स्वरको धनी गायिका सुमिना लोको अवाजमा रहेको छ।

यसैगरि हाल आम दर्शकले रुचाएको सेलो गित मोहनी रैछ बोली,राधा कृष्ण,माछी जालैमा, नेसि नेसिका तथा अन्य दर्जनौ गितहरुमा शब्द संकलन गरेका गितकार जिबि तामाङको गीतमा उत्कृष्ट शब्द रहेको छ भने एरेन्ज/ मिक्सिङ सानुबाबु घिसिङले गरेको हो । गितलाई फ्याफुल्ला नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।

टि एस सि डिजिटल मिडिया अफिसिएल युटुव च्यानल मार्फत सार्वजनिक भएको उक्त “राजा रानी” गितमा पाल्देन लामा,बिजय तामाङ,विशेष तामाङ,अस्मिता तामाङ,ल्हामिन तामाङ र सबिना तामाङको बेजोड अभिनयमा देख्न सकिने छ। पाहुना कलाकारको रुपमा हास्य कलाकार कुइसङ रुम्बा र तिर्थ बज्यु रहेको छ। कोरियो ग्राफरमा राजु थिङ, द्वन्द निर्देशन हेरुका लामा, साथै क्यामर,ड्रोन,कलर,एडिट निर्देशन कृष्ण ब्लोन तथा पोस्ट प्रडक्सन केके मिडियाले गरेको हो ।