बिशाल थापाद्धारा उपाध्यक्ष पदको उम्मेदवारी, “एनआरएनलाई सशक्त, समावेशी र समुदायमुखी बनाउने अठोट”

everest kitchen

क्यानडा — गैरआवासीय नेपाली संघ (NRNA) क्यानाडाको आगामी २०२५–२०२७ कार्यकालका लागि पश्चिमी/उत्तरपश्चिम क्षेत्र (मनिटोबा, सास्काचूवान, अल्बर्टा, ब्रिटिश कोलम्बिया र नर्थवेस्ट टेरिटोरी) बाट उपाध्यक्ष पदमा बिशाल थापाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

थापा विगत ७/८ वर्षदेखि एनआरएन क्यानाडा र विभिन्न स्थानीय संघ–संस्थामा स्वयंसेवकको रूपमा निरन्तर सेवा गर्दै आएका छन्। हाल उनी एनसीसी बोर्ड सदस्य तथा अल्बर्टा प्रान्तीय संयोजकको जिम्मेवारी सम्हालिरहेका छन्।

उनका प्राथमिकताहरू यसप्रकार छन्:

  • नेपाली समुदायबीच एकता र समावेशिता प्रवर्द्धन।

  • शिक्षा, नेपाली भाषा, संस्कृति र इतिहासको संरक्षणमा विशेष अभियान।

  • युवा, महिला, व्यवसायी तथा पेशेवरहरूको आवाज बन्ने संस्थागत प्रतिबद्धता।

  • साझा मुद्दाहरूमा सक्रिय सहभागिता र समाधानमुखी पहल।

बिशाल थापाले भने, “NRN हाम्रो साझा पहिचान हो। यसलाई अझ सशक्त, दिगो र सबैका लागि समावेशी बनाउने नेतृत्व अब आवश्यक छ।”

उनले “एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने मूल मन्त्रमा आधारित रही सम्पूर्ण मतदाताहरुलाई सुझाव, समर्थन र अमूल्य मत प्रदान गर्न हार्दिक अपिल गरेका छन्।