बाल सुधारगृहबाट भागेका ८४ बन्दी बालक नियन्त्रणमा, अन्यको खोजी

everest kitchen
भक्तपुरबाट काठमाडौं तिर गईरहेका भागेका बन्दिहरु । तस्बिर: कमल प्रसाईं

भक्तपुर । भक्तपुरको सानोठिमी बाल सुधारगृह तोडफोड गरेर विभिन्न अपराधमा मुछिएका डेढ सयभन्दा बढी बालबालिका भागेका छन् ।

सुधारगृहमा रहेका दुई सय ५६ जनामध्ये ३२ महिला र केही पुरुष बाँकी रहेको बताइएको छ । भाला, छुरीको प्रयोग गरेर डेढ सय जना भन्दा बढी कैदी पछाडिको ढोका फोडेर भगेको प्रहरीले जनाएको छ । उक्त घटनामा केही प्रहरी घाइते भएका छन् । स्थिति नियन्त्रण लिन प्रहरीले गोलिसमेत चलाएको थियोे ।

भक्तपुरको बालसुधार गृहबाट भागेका ८४ जना भक्तपुर र काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका छन् । विभिन्न कसुरमा दोषी ठहर र पुर्पक्षमा रहेका उनीहरू सुधारगृहमा थिए ।

भक्तपुरको बाल सुधार गृहमा बस्दै आएका रामेछाप मन्थली नगरपालिका–३ का १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएसंगै गृह परिसरमा तनाब ग्रस्त थियो ।

शनिबार राति बेहोस भएका बस्नेतलाई आइतबार बिहान उपचारका लागि भक्तपुरस्थित नागरिक अस्पताल लगिएको थियो ।अस्पतालले केहीबेरमै मृत घोषणा गरेपछि आफन्तहरुले प्रदर्शन गर्दै आएका थिए, प्रदर्शनको मौकामा बन्दी बालकहरुले भित्र पनि नाराबाजी गर्दै आएका थिए ।

उनीहरूले सुधार गृहको लापरवाहीका कारण कमलको मृत्यु भएको आरोप लगाउँदै प्रदर्शन गरेपछि हिजोपनि गृह परिसर तनावपूर्ण बनेको थियो । मृतक किशोर बला,त्कार आरोपमा तीन वर्षदेखि सुधार गृहमा थिए ।

‘ढाडमा निलो डाम र दायाँ खुट्टा सुनिएको थियो । त्यसैले कुटपिट भएको मृतकका आफन्तको दाबी छ ।

स्थानीयका अनुसार सुधारगृहमा विभिन्न समयमा होहल्ला हुने गरेको छ । उनीहरूका अनुसार नियमित बालबालिकाहरु बिरामी परेको देखिने गरेका छन् ।