डब्लिन, आयरल्यान्ड | जुलाई १६, २०२५ – गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC) आयरल्यान्डको २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा चेतराज ओली विजयी हुनुभएको छ। उम्मेदवारी घोषणा गर्दा नै “नयाँ युगको नेतृत्व” को उद्घोषसहित मैदानमा उत्रिएका ओलीले निष्पक्षता, सत्यनिष्ठा र समुदायप्रतिको समर्पणलाई मुख्य एजेन्डा बनाउँदै सफलता हासिल गरेका हुन्।
चुनावपछिको प्रतिक्रिया दिँदै ओलीले भने, “मेरो उद्देश्य कुनै गुट विशेषको नेतृत्व गर्नु होइन, सबै नेपालीको साझा संस्था बनाउनु हो। सत्यको मूल्य चुकाउनुपरे पनि म पछि हट्दिनँ। स्वतन्त्र, सहयोगी र सबैका लागि पहुँचयोग्य एनआरएनए बनाउने मेरो दृढ अठोट छ।”
अध्यक्ष ओलीका ८ प्रमुख कार्ययोजना
नयाँ कार्यकालका लागि चेतराज ओलीले सार्वजनिक गरेका छन् आठ प्रमुख एजेन्डा, जसअन्तर्गत प्रवासी नेपाली समुदायको समावेशी प्रतिनिधित्व र सामाजिक-सांस्कृतिक विकासमा विशेष ध्यान दिइनेछ:
1️⃣ जनगणना र डिजिटल एनआरएनए आयरल्यान्ड – सम्पूर्ण नेपाली समुदायको वर्गीकरणसहित डिजिटल अभिलेख निर्माण
➡️ “Nepal House” (नेपाल समाज घर) को महत्वाकांक्षी योजना सुरू
2️⃣ नवआगन्तुक नेपालीहरूका लागि सहायता डेस्क – सूचना तथा सेवा प्रवाहलाई व्यवस्थित बनाइने
3️⃣ कृषि क्षेत्रमा कार्यरत नेपालीहरू – समस्या समाधानका लागि विशेष समिति गठन
4️⃣ नेपाल–आयरल्यान्ड सांस्कृतिक सम्बन्ध – द्विपक्षीय कार्यक्रममार्फत सम्वन्ध सुदृढ गर्ने रणनीति
5️⃣ एनआरएनएलाई जवाफदेही र पारदर्शी संस्था बनाउने – स्वतन्त्र संरचनाको निर्माण
6️⃣ बालबालिकाका लागि शैक्षिक कार्यक्रम – भौतिक तथा डिजिटल स्कुल कार्यक्रमको सुरूवात
7️⃣ खेलकुद, स्वास्थ्य शिविर, युवा स्टार्टअपमा लगानी – सक्रिय सहभागिता र सहयोग
8️⃣ “सबै आवाजहरूको प्रतिनिधित्व” – समावेशी, उत्तरदायी नेतृत्वको प्रतिबद्धता
ओलीको अपिल: “म कुनै व्यक्तिगत स्वार्थ होइन, समुदायकै साझा सपना पूरा गर्न मैदानमा उत्रिएको हुँ।
हामी सबैको अपनत्व हुने एनआरएनए बनाऔं। तपाईंको अमूल्य समर्थन र विश्वासले हामीलाई सत्य, समर्पण र सहयोगको मार्गमा अघि बढ्न प्रेरणा दिनेछ।”
चेतराज ओलीको निर्वाचनसँगै प्रवासी नेपाली समुदायमा नयाँ ऊर्जा र आशा पलाएको देखिन्छ। नयाँ नेतृत्वले समावेशी, पारदर्शी र सबल संस्था निर्माणमा ठोस कदम चाल्ने अपेक्षा गरिएको छ।