टोकियो, जुलाई १६, २०२५
समाजसेवामा सक्रिय र समर्पित व्यक्तित्व नेत्र प्रसाद पाण्डेले गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि ‘खुल्ला सचिव’ पदमा आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेका छन्। समाजप्रति जिम्मेवारी र समाधानमुखी नेतृत्वको प्रतिबद्धता व्यक्त गर्दै पाण्डेले आफूलाई जापानस्थित नेपाली समुदायको समर्पित प्रतिनिधिका रूपमा प्रस्तुत गरेका छन्।
समुदायप्रति पाण्डेको सन्देश: “आदरणीय जापानवासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू एवं समकालीन मित्रहरू,
म सन् २०१५ देखि जापानलाई कर्मभूमिका रूपमा आत्मसात गर्दै विभिन्न सामाजिक संस्थामार्फत निरन्तर सेवा गर्दै आएको छु। समाजले जहाँ आवश्यकता देखाउँछ, म त्यहीँ पुग्ने प्रयास गर्छु। समाजसेवा मेरो लागि प्रचारको माध्यम होइन, समाधान खोज्ने यात्राको नाम हो।”
सामाजिक योगदान र अनुभव:
-
गुल्मी समाज जापान, MRR JAPAN हुँदै
-
NRNA क्षेत्रीय समन्वय समिति जापानमा प्रभावशाली भूमिका
-
हालसम्मको यात्रा NCC जापानसम्म
पाण्डेको मान्यता: “संस्था पद र कार्यक्रमको केन्द्र होइन, समाजको आवश्यकता र पीडालाई बुझ्ने, समाधान खोज्ने माध्यम हुनुपर्छ। कार्यक्रमभन्दा बढी प्रभाव, पदभन्दा बढी उत्तरदायित्व आवश्यक छ।”
खुल्ला सचिवको उम्मेदवारीका उद्देश्य:
-
समाजका वास्तविक मुद्दा पहिचान गरी नीतिगत रूपमा प्रस्तुत गर्ने
-
सुनुवाइ, संवाद र समाधानमा आधारित नेतृत्व प्रदान गर्ने
-
युवा, श्रमिक, विद्यार्थी तथा महिला वर्गको आवाज संस्थाभित्र सशक्त रूपमा उठाउने
-
एनआरएनएलाई अझ विश्वसनीय, सहभागी र उत्तरदायी बनाउने
अपिल: “मैले विगतमा गरेका कार्यहरूको अनुभवलाई आगामी कार्यकालमा योजनाबद्ध रूपमा प्रयोग गर्ने संकल्प लिएको छु।
तपाईंहरूको निरन्तर सद्भाव, साथ र अमूल्य समर्थनको अपेक्षा गर्दै, ‘खुल्ला सचिव’ पदमा मेरो उम्मेदवारीलाई विश्वास र सहयोग प्रदान गरिदिनुहुन विशेष अनुरोध गर्दछु।”
नेत्र प्रसाद पाण्डेको उम्मेदवारी केवल पदको लागि होइन, जापानस्थित नेपाली समुदायको वास्तविक आवाज र जिम्मेवार प्रतिनिधित्वको लागि उठाइएको एक महत्वपूर्ण कदम हो।
यो उम्मेदवारी जापानमा नेपालीहरूबीचको सहकार्य, सुशासन र समाधानमुखी नेतृत्वको नयाँ आशा बन्न सक्छ।