प्रधानमन्त्री प्रचण्ड स्वास्थ्यकर्मीसहित भुकम्प प्रभावित क्षेत्र प्रस्थान

everest kitchen

रुकुम । भुकम्प प्रभावित जाजरकोट, रुकुम लगायतका जिल्लाहरुमा खोज, उद्धार र राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), उर्जा, जलश्रोत तथा सिचाइ मन्त्री शक्ति बहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासहितको टोली उद्धार, स्वास्थ्य टोली र स्वास्थ्य सामाग्रीसहित प्रभावित क्षेत्रमा प्रस्थान गरेका छन् ।

जाजरकोट केन्द्रबिन्दु बनाएको भुकम्पको कारण हालसम्म जाजरकोट र रुकुममा गरि सयभन्दा बढीको ज्यान गएको छ भने सयौं घाइते भएका छन् ।

भुकम्पले जाजरकोटको नलगाड नगरपालिका र रुकुमको आठबिसकोट नगरपालिका, सानिभेरी गाउँपालिका लगायतका क्षेत्रमा प्रभाव पारेको छ । रुकुम र जाजरकोटका सबै जसो घरहरुमा क्षति पुगेको छ  ।