एनआरएनए अष्ट्रेलिया भिक्टोरिया नारी निकुञ्ज संयोजक पदमा बिना अधिकारी विजयी

everest kitchen

मेलबर्न, अष्ट्रेलिया — गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि सम्पन्न निर्वाचनमा विक्टोरिया राज्य नारी निकुञ्ज संयोजक पदमा बिना अधिकारी विजयी भएकी छन्।

बिना अधिकारी नेपाली महिलाको हकहित, सशक्तिकरण र सामाजिक उत्तरदायित्वप्रति समर्पित एक सक्रिय अभियन्ता हुन्। उनको नेतृत्वमा विक्टोरिया राज्यमा महिला सहभागिता र प्रतिनिधित्व अझ बलियो हुने अपेक्षा गरिएको छ।

विजयी प्रतिक्रियाः

बिना अधिकारी ले भनिन्:“महिलाहरूको आवाज बुलन्द बनाउन र सहभागिता सुनिश्चित गर्न म निरन्तर लागिरहनेछु। यो अवसर प्रदान गर्नुहुने सबैलाई धन्यवाद।”

उक्त जितसँगै उनले महिलाहरूको हक, नेतृत्व विकास र समावेशीताको प्रवर्द्धनमा सशक्त भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।