एनआरएनए अष्ट्रेलिया ACT राज्यमा ललित मल्ल नेतृत्वको प्यानलको वर्चस्व, अधिकांश शीर्ष पदमा विजय

everest kitchen

क्यानबेरा, जुलाई २६ –
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको ACT राज्य समितिको २०२५–२०२७ कार्यकालका लागि सम्पन्न निर्वाचनमा ललित मल्ल नेतृत्वको प्यानलले व्यापक सफलता हात पारेको छ।

राज्य संयोजक (Co-ordinator) पददेखि महिला संयोजक, युवा संयोजकState Coordination Council (SCC) सदस्यतर्फका अधिकांश पदमा मल्ल प्यानलका उम्मेदवार विजयी भएका छन्। कुल ८ वटा SCC सदस्य पदमध्ये ७ मा सोही प्यानलका उम्मेदवारले जितेका छन् भने १ जना उम्मेदवार — उषा मिश्रा — ‘टिम एकता’ प्यानलबाट निर्वाचित भएकी हुन्।

प्यानलका उम्मेदवारहरूले औसत ५४.९९% मत प्राप्त गरेका छन्, जुन संख्या निर्णायक मानिएको छ।
यस नतिजामा प्रेम राय, सुबास चापागाईं, अशोक बस्नेत लगायतका अग्रज शुभचिन्तकहरूको रणनीतिक समन्वय, मार्गदर्शन र सक्रियताले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।

विजयको यो लहरले ACT राज्यमा नयाँ नेतृत्वको सम्भावनालाई सशक्त बनाएको छ।