इन्टर मिलानकाे इटालियन सिरी ‘ए’ मा सानदार जीत

everest kitchen

काठमाडौं, १० भदाैं ।  इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा सानदार जीत निकालेकाे छ ।

सोमबार सान सिएरोनमा घरेलु टोली इन्टरले टोरिनोविरुद्ध ५-० को जित निकालेकाे हाे  ।

इन्टरलाई जित दिलाउन मार्कस थुर्रमले दुई तथा अलेसेन्ड्रो बास्टोनी, लाउटारो मार्टिनेज र  एन्जे योआन बोनीले समान एक गोल गरे ।

खेलको १८औं मिनेटमा बास्टोनीको गोलमार्फत इन्टरले अग्रता लिएको थियो । ३६औं मिनेटमा थुर्रमले टोलीको अग्रता दोब्बर बनाए ।

मार्टिनेजले ५१औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे । थुर्रमले ६२औं मिनेटमा व्यक्गिगत दोस्रो गोल गर्दा इन्टरको अग्रता ४० मा पुग्यो ।

त्यसको १० मिनेटपछि नै बोनीले गोल गर्दा इन्टरले ५-० को एकतर्फी जित निकाल्यो ।