क्वालालम्पुर, मलेसिया – हेल्प मधेसी मलेसियाले आफ्नो तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम यही आउँदो १४ सेप्टेम्बर २०२५, आइतबारका दिन राजधानी क्वालालम्पुरमा सम्पन्न गर्ने तयारी पूरा गरेको छ।
उक्त कार्यक्रम WISMA ANN KOAI, 67, Jalan Ampang, 50450, W.P. Kuala Lumpur (नेपाली दूतावास छेउको भवन) मा आयोजना हुने आयोजकले जानकारी दिएका छन्।
नेपालको वर्तमान राजनीतिक अस्थिरता र सामाजिक गतिविधिहरूको गम्भीर अवस्थालाई ध्यानमा राख्दै, यसपटकको अधिवेशन साधारण तर अर्थपूर्ण शैलीमा आयोजना गरिनेछ। कार्यक्रममार्फत प्रवासी नेपाली समुदायमा एकता, सांस्कृतिक संरक्षण तथा आपसी सहयोग प्रवर्धन गर्ने लक्ष्य रहेको हेल्प मधेसी मलेसियाका पदाधिकारीहरूले बताएका छन्।
कार्यक्रममा विभिन्न सामाजिक र सांस्कृतिक विषयमा गहन छलफल हुने छ भने, समुदायका योगदानकर्ताहरूलाई सम्मान समेत गरिनेछ।
हेल्प मधेसी मलेसियाले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई सोभा बढाइदिन हार्दिक अनुरोध गरेको छ।