युएईस्थित नेपाली राजदूतावासले निःशुल्क प्राथमिक उपचार तालिम तथा सचेतना कार्यक्रम आयोजना गर्ने

everest kitchen

अबुधाबी, अक्टोबर ३०, २०२५ — संयुक्त अरब इमिरेट्स (UAE) स्थित नेपाली राजदूतावासले नेपाली समुदायका स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आगामी सोमबार, नोभेम्बर ३, २०२५ का दिन बिहान १०:०० बजेदेखि १२:०० बजेसम्म राजदूतावास परिसरमा “योगदान राष्ट्रको लागि, युएई” सँग सहकार्यमा नि:शुल्क प्राथमिक उपचार सम्बन्धी तालिम तथा सचेतना कार्यक्रम आयोजना गर्ने भएको छ।

यस कार्यक्रमको उद्देश्य दैनिक जीवनमा आइपर्न सक्ने आकस्मिक स्वास्थ्य समस्याका अवस्थामा कसरी तुरुन्त र सही रूपमा प्रतिक्रिया जनाउने भन्ने विषयमा नेपाली समुदायलाई सचेत र सक्षम बनाउने रहेको छ।

राजदूतावासका अनुसार, तालिममा निम्न विषयहरू समावेश हुनेछन्:

  1. फर्स्ट एडरको भूमिका, जिम्मेवारी र प्राथमिक उपचारको महत्त्व

  2. सीपीआर (वयस्क र शिशुका लागि)

  3. घाउ र रक्तस्राव नियन्त्रण

  4. दौरा (Seizure)

  5. हड्डी भाँचिने (Fracture) अवस्था

  6. घाँटी अड्किने (Choking) अवस्था

  7. विष सेवन (Poison)

  8. घामपात (Heat stroke)

  9. बेहोस हुने (Faint) अवस्था

  10. करेन्ट लाग्ने (Electric shock)

  11. मुटुको आक्रमण (Heart Attack)

कार्यक्रममा सेवालिन आउनुभएका सेवाग्राहीहरूका साथै इच्छुक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागी हुन राजदूतावासले हार्दिक अनुरोध गरेको छ।

📍 स्थान: नेपाली राजदूतावास, अबुधाबी
🗓️ मिति: नोभेम्बर ३, २०२५ (सोमबार)
🕙 समय: बिहान १०:०० देखि १२:०० बजे सम्म