एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

everest kitchen

काठमाडौं ।  नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट बिक्री खुल्ला गरेको छ ।

मङ्सिर १ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा हुने एनपीएल दोस्रो संस्करण प्रतियोगिताका लागि विभिन्न दरमा टिकट बिक्री सुरु गरेको हो ।

क्यानले एक सूचना जारी गर्दै दर्शकका लागि पहिलो चरणमा हुने प्रतियोगिताको पहिलो ६ दिनको खेलहरुको लागि टिकट बिक्री खुल्ला गरेको जानकारी दिएको छ

क्यानका अनुसार विभिन्न वर्गका टिकट मूल्य तोकिएका छन । जसमध्ये ओपनिङ डे र शनिबारका खेलका लागि जनरल टिकटको मूल्य रु ५०० र प्रिमियम टिकटको मूल्य रु १,५०० तोकिएको छ। त्यस्तै, साप्ताहिक दिनमा हुने खेल हेर्न जनरल टिकट रु ५०० र प्रिमियम टिकट रु १,००० तोकिएको छ ।

यसका साथै सबै खेल हेर्न चाहने दर्शकका लागि विशेष सिजन पास को व्यवस्था गरिएको छ, जसको मूल्य रु १५,००० तोकिएको छ ।

टिकट ‘खल्ती बाइ आईएमई’ मार्फत अनलाइन खरिद गर्न सकिने समेत क्यानले जनाएको छ।