प्रवासी नेपाली मञ्च मलेसियाको ११औँ विस्तारित बैठक सम्पन्न

everest kitchen

मलेसिया ।प्रवासी नेपाली मञ्च मलेसियाको ११औँ विस्तारित बैठक सम्पन्न भएको छ। जेन्जी मुभमेन्ट को नाममा भदौ २३/२४ मा घटित घटना तथा त्यसपछि उत्पन्न परिस्थितिको समिक्षा गर्दै आगामी दिनमा यस्ता समूहसँग संवाद र प्रतिवाद गर्दै अघि बढ्ने नीति बैठकले पारित गरेको छ।

मञ्चका अध्यक्ष दयाराम कुमालको अध्यक्षतामा मिति २३ नोभेम्बर, आइतवार बसेको बैठकले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिका रूपमा मलेसिया राष्ट्रिय कमिटीबाट चयन गर्न दयाराम कुमाल र सेर बहादुर गुरुङ का नाम मातहत कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ।

त्यसैगरी, विभिन्न कमिटी पदाधिकारीहरूले बैठकमा आफ्ना विचार प्रस्तुत गर्दै पार्टीले सञ्चालन गरेको जागरण अभियानप्रति पूर्ण समर्थन जनाए। उनीहरूले आफ्नो–आफ्नै क्षेत्रबाट सक्रिय योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

बैठक सल्लाहकार परिषद्का अध्यक्ष सेर बहादुर गुरुङ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने उपाध्यक्ष खगेन्द्र श्रेष्ठ ले बैठक सञ्चालन गरेका थिए।