संसद्को संयुक्त बैठक आज, महासचिव गुटेरेसले सम्बोधन गर्ने

everest kitchen

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को संयुक्त बैठक आज बस्ने भएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा मंगलबार ४ बजेका लागि बैठकको समय निर्धारण गरेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जनाएका छन् ।

महासचिव गुटेरेस चार दिने भ्रमणका लागि आइतबार नेपाल आएका हुन् । आज अन्नपूर्ण आधार शिविर र लुम्बिनीको भ्रमण गरेर दिउँसो उनी काठमाडौँ फर्कनेछन् ।