क्वालालम्पुर, हर्कराज साम्पाङ राईको नेतृत्वमा नेपालमा स्थापित “श्रम संस्कृति पार्टी” ले आफ्नो प्रवास संगठन मलेसियामा पनि विस्तार गरेको छ। आइतबार मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित श्रमिक–श्रमदाता भेलामार्फत पार्टीको प्रवास संगठन औपचारिक रूपमा गठन गरिएको हो।
“देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित सम्पन्न भेलाले मलेसियामा रहेका नेपाली श्रमिकहरूलाई संगठित गर्दै उनीहरूको हक–अधिकार, सुरक्षा, तलब, कागजपत्रसम्बन्धी समस्या समाधान तथा प्रवासी नेपालीहरूको सामाजिक र राजनीतिक सहभागिता अभिवृद्धिमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।
भेलाबाट सर्वसम्मत रूपमा चयन भएका पदाधिकारीहरूमा अध्यक्षमा रमेश राई चयन हुनुभएको छ। उपाध्यक्षहरूमा सुभ राई, सोनाम सेर्पा, सुजता राई रहनुभएको छ भने महासचिवमा एच्छिक राई चयन हुनुभएको छ। त्यसैगरी सचिवमा विकास विश्वकर्मा, सहसचिवमा मेनुका लिम्बु, कोषाध्यक्षमा भरण शेर राई र सह–कोषाध्यक्षमा सौजया लिम्बु चयन हुनुभएको छ।
संगठनको सदस्यका रूपमा सन्जिब राई, टी.आर. साम्सुहाङ लिम्बु, खगेन्द्र चौलागाईं, अबि राई, अबिन्द्र लिम्बु, चित्र वम्बुले, मनकुमारी राई, सुस्मिता केदेम लिम्बु, दिवस राई, तुलसा राई, बिरेन राई, सन्जय बान्तावा, प्रतिक्षा सेर्पा, राम तारानाथ यादव, सन्त कुमार आङ्देम्बे, प्रबिन थुलुङ राई, राजु राई, युगल नेम्बाङ, कमल राई, बिवस राई र हेम दर्लामी चयन हुनुभएको छ।
त्यस्तै संगठनको विशेष सल्लाहकारमा भबिन कुलुङ, हाङ्सा लिम्बु, अर्थ सेलिङ लिम्बु, युवराज राई, निर्मल लिम्बु, मोहन मगर र भीमकुमार राई चयन हुनुभएको छ।
नवगठित समितिले मलेसियामा रहेका नेपाली श्रमिकहरूको साझा आवाज बनेर काम गर्ने र श्रम संस्कृतिको विकासमार्फत देश तथा समाजप्रति योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ।











