संस्कार र संस्कृति नै नेपालीहरूको पहिचान हो : डा.कोइराला

everest kitchen

विराटनगर । नोपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालीहरूको संस्कृति र संस्कार नै पहिचान भएको बताएका छन् । मोरङको सुन्दरहरैंचा ५ मा आयोजना गरिएको बुद्ध विहारको शुक्रवार उद्घाटन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

नेता कोइरालाले आफू नियमित रूपमै आफ्नो क्षेत्रको विकासका गतिविधिसंग जोडिएको उल्लेख गर्दै विकासको गति क्रमसँगै उल्लेख समेत गरेका छन् । सुन्दरहरैंचा ५ उनको क्षेत्र समेत हो ।

केही दिनयता डा.कोइराला आफ्नो निर्वाचन क्षेत्र मोरङ ६ मा रहेका छन् । शुक्रवार बिहान पनि उनले सुन्दरहरैंचा ४ मा पार्टीका नेता कार्यकर्तासँग छलफल गरेका थिए । त्यस क्रममा उनले फागुन २१ मै निर्वाचन हुनुपर्नेमा जोड दिएका थिए ।

निर्वाचनमा जुट्न पनि आग्रह गर्दै नेता कोइरालाले प्रजातन्त्रको जग निर्वाचन नै भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको समेत बताए ।