मुम्बई, २१ असार । अभिनेता परेश रावल पछि निर्देशक प्रियदर्शन ‘हेरा फेरी ३’ बाट बाहिरिएका छन्।
तर, उनले यो फिल्म किन त्यागे, जुन उनी यति हताश भएर बनाउन चाहन्थे ? वास्तविक कारण अब खुलिसकेको छ।
मिड डेसँगको कुराकानीमा प्रियदर्शनले फिरोज ए नाडियाडवालाले उनलाई धेरै पटक अपमान गरे पछि फिल्म त्यागेको खुलासा गरेका छन ।
प्रियदर्शनका अनुसार फिरोजले अक्षयलाई भने ‘अब हेरा फेरी ३ को अधिकार तिम्रो भयो। तिमी यो चलचित्र बनाऊ तर प्रियदर्शनसँग चाहिँ होइन। मेरो एउटै अनुरोध यही हो।’
उनका अनुसार फिरोजले उनलाई धेरै पटक अपमान गरेका थिए। फिरोजले भनेको कुरा सुनाउँदै प्रिय दर्शनले भने ‘उनले (फिरोज) यो पनि भने कि सन् २००० मा रिलिज भएको ‘हेरा फेरी’ गरिबहरूका लागि बनाइएको चलचित्र थियो र त्यसका लागि धेरै दृश्यहरू काटछाँट गर्नुपरेको थियो। अब मैले अक्षयसँग मिलेर ‘हेरा फेरी ३’ बनाउने निर्णय गरेंको छु किनभने म यसलाई देशकै सबैभन्दा ठूलो फ्रेन्चाइज बनाउन चाहन्छु, यदि मैले यसको निर्देशन गरेको भए म यसलाई ‘धुरन्धर’ भन्दा पनि अझ भव्य बनाउने थिएँ।’
प्रियदर्शनको बुझाइमा ‘हेरा फेरी’को जन्म भयो, ‘हेरा फेरी २’ बिरामी पर्यो र ‘हेरा फेरी ३’ मर्नेवाला छ।
‘हेराफेरी ३’ अक्षयकुमारले लिए पछि बिबादकाे बिबादमा परेकाे छ । यसअघि परेश रावलसँग लफडा परेकाे थियाे, साे लफडाका कारण रावलले बिचैमा सिनेमा छाडेर तरंग ल्याइदिएका थिए । त्यसपछि पनि कुनै न कुनै बिबादमा याे फिल्म परिरहेकाे छ ।











