काठमाडौं, २१ असार। बिगत २४ घण्टामा एक हजार ८ सय १३ सवारीचालक कारबाहीमा परेका छन ।
सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका सवारी चालकवाट राज्यकोषमा एकैदिन पाँच लाख २८ हजार ५ सय १ रुपैयाँ राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको नौ, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ५, सङ्केत बत्ती उल्लङ्घन गर्ने, १ सय १९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय १५ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १ सय २, निषेधित क्षेत्रमा हर्न बजाउने ७९, सडकपेटीमा ‘पार्किङ’ गर्ने १ सय १७, एकतर्फी सडकमा सवारी चलाउने ६५ र अन्य सवारी नियम पालना नगरेका एक हजार १ सय १० जनालाई कारबाही गरिएको हो ।











