कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा भक्तजनको भीड (तस्विरसहित)

everest kitchen

साउन महिनाको दोस्रो सोमबारका अवसरमा काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ। भगवान् शिवको पूजा–आराधना गर्न श्रद्धालुहरू बिहानैदेखि मन्दिर पुगेका हुन् । जल, दूध र बेलपत्र लगायतका पूजासामग्री चढाउँदै भक्तजनहरूले शिवको विशेष पूजा गरिरहेका छन् ।