काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अबदेखि निषेधाज्ञा तोडेर सभा,जुलुस गरेको पाइएमा कानुनी अनुसार कडा कारबाही गर्ने चेतावनी दिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं मंगलबार एक सूचना जारी गर्दै पछिल्लो समय काेराेना संक्रमणदर बढेको भन्दै सभा जुलुस नगर्न भनेकाे हो। प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी सूचनामा भनिएको छ,‘पछिल्लो समय अस्पतामा भेन्टिलेटर, आइसियु भरिँदै गएको छ,संक्रमण रोक्न सबै पक्षको उत्तिकै जिम्मेवारी रहन्छ,वर्तमान अवस्थामा भएको सभा, सम्मेलन, गोष्ठी, जुलुस, र्याली जस्ता गतिविधिबाट संक्रमण बढेको पाइएको छ।’
यस्ता गतिविधि गरेको पाइएमा कारबाही गर्ने र सबैले सामाजिक दूरी कायम गर्ने,मास्क लगायत स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन सूचनामार्फत पराजुलीले आग्रह गरेका छन्।
 
                










