
काठमाडौं । नेपाली राजदुतावास मलेसियाले करार अवधिको लागि कर्मचारी माग गरेको छ । दुतावासले शुक्रबार एक विज्ञापन जारी गरेर सहायक जनसम्पर्क अधिकृत पदको लागि कर्मचारी माग गरेको हो ।
दुतावासले जारी गरेको सुचनामा “सहायक जनसम्पर्क अधिकृत पद खुलाईएपनि आवश्यक सङ्ख्या भने खुलाईएको छैन । सुचना अनुसार बार्षिक रुपमा कर्मचारीको करार सम्झौता नवीकरण हुने भने उल्लेख गरिएको छ ।
आवेदकले नेपाली नागरिकहरूबाट फोन तथा ईमेलमम प्राप्त गुनासोहरू हेर्ने, नेपाली नागरिकका रोजगारी सम्बन्धी गुनासोहरू समाधान तथा मलेसिया स्थित नेपाली नागरिकहरूलाई सहयोग आवश्यक सहयोग गर्ने, मलेसिया स्थित सरकारी निकायहरू, रोजगारदाताहरू मलेसियाली सरोकारवालाहरू लगायतसंग सञ्चार समन्वय गर्ने, नेपाली नागरिक सम्बद्ध अदालती तथा आपराधिक मामिलाहरूका अवस्था बारे काम गर्ने, साथै दुतावासको हटलाईन तथा दुतावासका विभिन्न ईकाईहरुमा काम गर्नुपर्ने उल्लेख गरिएको छ ।
आवेदकले प्रविणता पत्र तथा सो सरह शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ भने राम्रोसँग अङ्ग्रेजी, नेपाली, मलायु भाषा लेख्न, बोल्न सक्नेसमेत हुनुपर्ने बताएको छ । त्यस्तै कम्प्युटर तथा सामाजिक सञ्जाल सम्बन्धि ज्ञान भएको र २० देखि ४५ वर्ष उमेर समुह भित्रको रहनुपर्ने उल्लेख छ ।
साथै, आवेदक मलेसियन /नेपाली, स्थायी रुपमा मलेसियामा बसोवास अनुमति पाएको नेपाली नागरिक हुनुपर्नेसमेत उल्लेख गरिएको छ । सो पदको लागि ७९५ अमेरिकी डलर तलब तोकिएको छ ।
 
                










