पीएनसीसीद्धारा मलेसियाको रावाङमा एकदिने हेल्थ डेस्क सम्पन्न

everest kitchen

मलेसिया । अगष्ट १४ आईतबारका दिन प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) द्वारा मलेसियाको रावाङमा एकदिने हेल्थ डेस्क सम्पन्न गरिएको छ । उक्त हेल्थ डेस्क वैदेशिक रोजगारीमा मलेसिया रहेका नेपालीहरुको स्वस्थ्य जाँच तथा परामर्शको कार्यक्रम गरेको हो ।

हेल्थ डेस्कमा जनरल फिजिसियन डा. एलिफ इलिट जोन, डा. कृष्ण कुमारी तथा अन्य २ स्वस्थ्य कर्मीहरुको टोलीले रक्तचाप, सुगर, दात, पिसाब, आखा जाँच सेवा दिएको थियो भने साथै उक्त टोलीले श्रमिकहरुलाई स्वास्थ्य परामर्शसमेत प्रदान गरेको आयोजकले जनाएको छ ।

हेल्थ डेस्कमा मलेसियाको रावाङ क्षेत्रका २१ जनाको निशुल्क स्वास्थ्य जाँच । ९ जनाले बुस्ट डोज भ्याक्सिनसमेत लगाएको पिएनसीसीका स्वयंसेवक पूर्ण सुब्बाले जानकारी दिए ।

नियमित स्वास्थ्य जाँच तथा स्वस्थ जीवनशैली प्रति विशेष ध्यान पुर्याउन उक्त हेल्थ डेस्कबाट सेवासहित जनचेतना फैलाउने कामसमेत भएको पिएनसीसी मलेसियाका संयोजक मछिन्द्र नाथ चापागाईले बताए । साथै मलेसियाको अन्य राज्यहरुमा पनि क्रमिकरुपमा हेल्थ डेस्क र हेल्प डेस्क सञ्चालन गर्ने कार्यक्रम रहेको संयोजक चापागाईले बताए ।