पेनाङ, मलेसियाको पेनाङ राज्यस्थित बुकित मर्ताजामको सिम्पाङ अम्पाट क्षेत्रमा रहेको रङ्ग र सोल्भेन्ट (paint and solvents) भण्डारण गर्ने गोदाममा मे १० तारिख शनिबार दिउँसो आगलागी हुँदा तीन जना नेपाली कामदारहरू घाइते भएका छन्।
पेनाङ अग्नि तथा उद्धार विभागका सहायक सञ्चालन निर्देशक जोन सगुन फ्रान्सिसका अनुसार, घाइतेहरू सबै ३० वर्षको हाराहारीमा रहेका नेपाली नागरिक हुन् र ती गोदाममा कार्यरत थिए। उनीहरूका ढाड र हातमा पोलेको चोट लागेको थियो र आगो निभाउने टोली पुग्नु अघि नै निजी क्लिनिकमा उपचारका लागि लगिएको थियो।