काठमाडौं, ३० जेठ । प्रतिनिधिसभाको बैठक सुरू भएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा दुइ बुदेँ सहमति भए पछि संसद सुरू भएको हो ।
तर, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भने उभिएर बिरोध जनाइरहेका छन् ।
सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद हितराज पाण्डेलाई समय दिए पनि रास्वपा र राप्रपाले टेबुल ठोकेर बिरोध जनाइरहेका छन् ।
भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने तथा छानबिन समिति बनाउनु पर्ने माग उनीहरूको रहेको छ ।