एनआरएनए अष्ट्रेलियाको युवा उप–संयोजक पदमा सम्राट कँडेलको उम्मेदवारी घोषणा

everest kitchen

न्यूक्यासल, अष्ट्रेलिया — गैर–आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि युवा उप–संयोजक (Youth Deputy Coordinator) पदमा सम्राट कँडेलले उम्मेदवारी घोषणा गरेका छन्।

राज गुरुङको नेतृत्वमा रहेको टिमबाट उम्मेदवार बनेका कँडेलले लामो समयदेखि अष्ट्रेलियाको विभिन्न आपतकालीन अवस्थाहरूमा अग्रपङ्तिमा रहेर सेवा पुर्‍याउँदै आएका छन्। उनले राष्ट्रिय आपतकालीन सेवा, द्रुत उद्धार तथा पुनःस्थापना कार्यहरूमा उल्लेखनीय योगदान दिएका छन्।

उनको योगदानका केही मुख्य पक्षहरू:

  • अष्ट्रेलियन सरकारबाट “National Emergency Medal” प्राप्त – क्वीन्सल्याण्ड र न्यू साउथ वेल्सको बाढी पीडामा सेवा पुर्‍याएको योगदानमा

  • NSW Premier बाट सम्मान – डढेलो पीडामा राहत वितरण तथा स्वयंसेवामा अग्रसर

  • Red Cross Australia बाट सेवा सम्मान – दीर्घकालीन मानवीय सेवाको कदर

  • Country Women Australia NSW र रेडक्रससँग मिलेर drought प्रभावित क्षेत्रहरूमा राहत सहयोग

  • बहुसांस्कृतिक युवासँगको कार्यगत संलग्नता – समावेशी कार्यक्रम र विविधता प्रवर्द्धनमा सक्रिय भूमिका

युवाका लागि उनको कार्यदिशा:

  • यथार्थमा आधारित सशक्तिकरण – सीप विकास, आत्मविश्वास, र नेतृत्वको अवसर

  • ग्लोबल नेटवर्किङ – नेपाली युवालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने

  • शिक्षा, उद्यमशीलता र नेतृत्व विकासमा पहुँच

  • नेपाली भाषा, संस्कृति र पहिचानको जगेर्ना – नयाँ पुस्तामा गर्वका साथ पहिचान विस्तार

“म केवल परिवर्तनको कुरा गर्न होइन, त्यसमा सहभागी भएर देखाउन चाहन्छु,” कँडेलले भने। बाढी, डढेलो र drought को संकटमा अग्रपङ्तिमा रहेर सेवा पुर्‍याउँदै आएका उनले एनआरएनएको नेतृत्वमार्फत युवाको आवाज बुलन्द बनाउन चाहेको बताएका छन्।

सम्राट कँडेलले सम्पूर्ण एनआरएनए अष्ट्रेलिया सदस्य तथा युवाहरूसँग साथ, समर्थन र मार्गदर्शनको अपेक्षा गरेका छन्।