एनआरएनए आइसीसी सदस्य पदमा निराजन पोखरेलको उम्मेदवारी, ‘समाधानको राजनीति’ को नारा

everest kitchen

पर्थ, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी निर्वाचन (२०२५–२०२७) सन्दर्भमा निराजन पोखरेलले अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

उनले यो उम्मेदवारीलाई केवल पद प्राप्तिको माध्यम नभई, NRNA लाई समाधानमुखी, जवाफदेही र समावेशी नेतृत्वतर्फ डोर्याउने पहलका रूपमा प्रस्तुत गरेका छन्।

“समाधानको राजनीति हुनैपर्छ” – पोखरेल

उम्मेदवारी घोषणा गर्दै पोखरेलले भने, “यो उम्मेदवारी केवल पदको लागि होइन, तपाईंहरूको आवाज प्रतिनिधित्व गर्ने, सेवा गर्ने, र NRNA मार्फत हाम्रो विश्वव्यापी नेपाली समुदायको एकता र विकासमा सार्थक योगदान दिने प्रतिबद्धता हो।”

नेपालको सर्वोच्च अदालतको निर्देशनपश्चात र विचाराधीन मुद्दाबीच हुँदै गएको निर्वाचनले ICC स्तरमा देखिएको अन्योल, राजनीतिकरण र पारदर्शिताको अभावलाई सुधार्ने मौका भएको पोखरेलको भनाइ छ।

ICC स्तरमा पोखरेलका प्राथमिक एजेन्डा:

  • NRNA फाउन्डेसन र पूर्वाधार विकास

  • नेपाल महोत्सव तथा सांस्कृतिक प्रवर्द्धन

  • सामूहिक वैदेशिक लगानी अवसरहरूको सिर्जना

  • NRNA एकेडेमी र ओपन युनिभर्सिटी

  • नीति संवाद र रणनीतिक संलग्नता

NRNA अगाडि बढ्न चाहने तर सामना गरिरहेका मुख्य चुनौतीहरू:

  1. चरम राजनीतिकरण र विभाजन

  2. पारदर्शिताको गम्भीर अभाव

  3. युवा, महिला र पेसाकर्मीको न्यून सहभागिता

  4. Country Chapter सँग कमजोर समन्वय

  5. NRNA नागरिकता तथा लगानी प्रवर्द्धनको ढिलो गति

  6. MIS डेटा सुरक्षामा गम्भीर प्रश्न

तपाईंको मत किन महत्वपूर्ण छ?

निराजन पोखरेल विगत एक दशकदेखि विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।
उनका अनुभव र योगदान समेटिएको छ:

  • PBWA (पर्थ नेपाली मन्दिर) – पूर्व सचिव, हाल कार्यसमिति सदस्य

  • MCNT (Multicultural Council of NT) – पूर्व उपाध्यक्ष

  • NANT – पूर्व सचिव तथा उपाध्यक्ष

  • NAWA, NRNA SCC – कार्यसमिति सदस्य

  • ICC विशेष कार्यदल सदस्य

उनको प्रतिबद्धता – स्पष्ट दृष्टिकोण र व्यावहारिक योजना:

  • समावेशी नेतृत्वद्वारा एकता पुनःस्थापना

  • स्वतन्त्र लेखा परीक्षण समितिद्वारा वित्तीय पारदर्शिता सुनिश्चित

  • युवा र महिलाका लागि लक्षित सशक्तिकरण कार्यक्रमहरू

  • वैश्विक NRNA सहायता केन्द्रको स्थापना

  • NRN नागरिकता तथा लगानी नीतिमा प्रत्यक्ष संवाद र सुधार

  • MIS प्रणाली सुधार र डेटा सुरक्षाको प्राथमिकता

अन्त्यमा – एक स्पष्ट सन्देश:

“NRNA सबैका लागि हो। यो संस्थालाई व्यक्तिगत स्वार्थबाट मुक्त गरेर सबै गैरआवासीय नेपालीको साझा मंच बनाउने मेरो उद्देश्य हो। अब भोटको राजनीति होइन, समाधानको राजनीति आवश्यक छ।”