सुरेन्द्र श्रेष्ठद्धारा एनआरएनए अष्ट्रेलिया एनएसडब्लु राज्य समन्वय परिषद्को कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा

everest kitchen

सिड्नी, अष्ट्रेलिया –
आगामी एनआरएनए अष्ट्रेलिया – एनएसडब्लु राज्य समन्वय परिषद् (SCC) को निर्वाचन 2025–27 का लागि सुरेन्द्र श्रेष्ठले कोषाध्यक्ष (Treasurer) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

नेपालमा इन्जिनियरको रूपमा पेशागत जीवन सुरु गरेका श्रेष्ठ हाल अष्ट्रेलियामा Mortgage Broker को रूपमा कार्यरत छन्। एनआरएनएमा विगतको सक्रिय योगदान, पेशागत अनुभव र समुदायप्रतिको प्रतिबद्धतालाई आत्मसात गर्दै श्रेष्ठले आगामी कार्यकालका लागि एक सक्रिय, सक्षम र पारदर्शी टिम लिएर उम्मेदवारी घोषणा गरेका हुन्।

“हिजोका अनुभव र आजका सक्रियतासँगै हामी सबैको सहभागितामा मजबुत डायस्पोरा निर्माण गरौं,” श्रेष्ठले उम्मेदवारी घोषणासँगै सामाजिक सञ्जालमार्फत संदेश दिएका छन्।

उनले अगाडि भने, “हामी समुदायका अग्रजहरूलाई सम्मान गर्दै, अनुभव र युवाको समन्वयमा आधारित नेतृत्व ल्याउन प्रतिबद्ध छौं। हाम्रो टिम सच्चा, समर्पित र पारदर्शी सेवामा विश्वास राख्दछ।”

एनआरएनए अष्ट्रेलिया – एनएसडब्लु राज्य समन्वय परिषद्को निर्वाचन २६ जुलाई २०२५ मा सम्पन्न हुने तय भएको छ। श्रेष्ठको उम्मेदवारीले समुदायमा नयाँ ऊर्जा र छलफलको सुरुवात गराएको छ।