सैवाल न्यौपाने एनआरएनए अष्ट्रेलिया आईसीसी सदस्य पदमा उम्मेदवार घोषणा

everest kitchen

गैरआवासीय नेपाली संघ (NRNA) को आगामी २६ जुलाईमा हुन गइरहेको निर्वाचनका सन्दर्भमा, भिक्टोरिया निवासी सामाजिक अभियन्ता सैवाल न्यौपानेले NRNA अष्ट्रेलिया ICC (International Coordination Council) सदस्य पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

सन् २०१६ देखि निरन्तर रूपमा NRNA का विभिन्न कार्यगत टास्कफोर्सहरूमा संलग्न रहँदै आएका न्यौपाने, नीति निर्माण, संस्थागत विकास र अन्तर्राष्ट्रिय समन्वयमा आफ्नो अनुभव प्रस्तुत गर्दै ICC पदका लागि योग्य उम्मेदवारका रूपमा अगाडि आएका हुन्।

“NRNA अष्ट्रेलिया को ICC सदस्य पद स्थानीय समस्याभन्दा बढी नीति निर्माण र अन्तर्राष्ट्रिय समन्वयमा केन्द्रित हुन्छ,” उनले आफ्नो घोषणा पत्रमा उल्लेख गरेका छन्। “मैले विगत सात वर्षमा प्राप्त अनुभव र अन्तर्राष्ट्रिय नेटवर्कमार्फत प्रवासी नेपालीहरूको आवाजलाई अझ प्रभावकारी ढंगले उठाउने प्रतिबद्धता लिएको छु।”

उपलब्धिहरू र भूमिका:
सैवाल न्यौपाने सन् २०२३ देखि अष्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर (ANMC) का संरक्षकको रूपमा कार्यरत छन्। साथै, Doreen Mernda Nepalese Community मा सामुदायिक अगुवा तथा समन्वयकर्ता रूपमा सक्रिय छन्।

उनको उम्मेदवारी विशेष गरी द्वैध नागरिकता, प्रवासी लगानीको संरक्षण, सामाजिक सुरक्षा, र अन्तर्राष्ट्रिय अवसरहरूमा नेपाली डायस्पोराको पहुँच सुनिश्चित गर्न केन्द्रित हुने जनाएको छ।

घोषित प्राथमिकताहरूमा समावेश छन्:

  • नीति–निर्माणमा प्रभावकारी भूमिका

  • विश्वभरका नेपाली समुदायसँग संवाद र समन्वय

  • पारदर्शिता र जवाफदेही संस्थागत संस्कृति

  • नेपालको हितमा अन्तर्राष्ट्रिय साझेदारी विस्तार

NRNA अष्ट्रेलिया ICC सदस्य पदमा उम्मेदवारी दिँदै न्यौपानेले “संस्थागत समावेशिता, रणनीतिक सोच र नवप्रवर्तन” को दृष्टिकोणबाट नेतृत्व गर्ने वाचा गरेका छन्।

NRNA अष्ट्रेलियाको यो निर्वाचन आगामी २६ जुलाई २०२५ मा हुनेछ। उम्मेदवारी घोषणा गर्नेहरूमा सैवाल न्यौपाने प्रभावशाली तथा अनुभवी व्यक्तित्वका रूपमा चिनिएका छन्।