सबिन श्रेष्ठद्वारा एनआरएनए अष्ट्रेलिया (भिक्टोरिया) को राज्य समन्वय परिषद् सदस्य पदमा उम्मेदवारी घोषणा

everest kitchen

मेलबोर्न, अष्ट्रेलिया —
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया अन्तर्गत भिक्टोरिया राज्यका सक्रिय अभियन्ता सबिन श्रेष्ठले आगामी २०२५–२०२७ कार्यकालका लागि राज्य समन्वय परिषद् (SCC) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

२०२३–२०२५ को कार्यकालमा NRNA अष्ट्रेलियामा सेवा गर्ने अवसर पाएका श्रेष्ठले अघिल्लो कार्यकालमा समुदायले देखाएको विश्वास, मत र साथप्रति आभार व्यक्त गर्दै नयाँ कार्यकालका लागि पुनः समर्थनको अपेक्षा गरेका छन्।

श्रेष्ठको भनाइमा:

“NRNA मा सेवा गर्नु मेरो लागि जिम्मेवारी मात्र होइन, गर्व र आत्मसन्तुष्टिको विषय हो। अघिल्लो कार्यकालमा मैले तपाईंहरूकै साथ र समर्थनमा समुदायको हितमा काम गर्न सकेँ। अब फेरि तपाईंहरूको साथमा, हामीले थालेको यात्रालाई नयाँ उचाइमा पुर्‍याउने दृढ निश्चय लिएको छु।”

उम्मेदवारका प्रतिबद्धताहरू:

  • NRNA अष्ट्रेलियालाई विश्वभरका नेपाली समुदायका लागि उत्कृष्टताको प्रतीक बनाउने

  • स्थानियदेखि विश्वस्तरसम्म नेपाली डायस्पोरा समुदायलाई सशक्त बनाउन नेतृत्व गर्ने

  • सशक्त टोली, आधुनिक सोच, र निरन्तर काममार्फत सकारात्मक परिवर्तनको दिशामा अघि बढ्ने

  • सबै पुस्ताको सहभागिता सुनिश्चित गर्दै, समावेशी र उत्तरदायी संस्था निर्माण गर्ने

सबिन श्रेष्ठले अन्त्यमा सम्पूर्ण नेपाली समुदायलाई आह्वान गर्दै भने: “हामी सबै मिलेर, साझा उद्देश्य र क्रियाशीलताका साथ NRNA लाई अझ मजबुत बनाउनेछौं। तपाईँहरूको माया, समर्थन र भोट मेरो लागि अमूल्य हुनेछ।”