सन्दीप भुसालद्वारा एनआरएनए नर्दर्न टेरिटोरीको कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा

everest kitchen

डार्विन, अष्ट्रेलिया —
नर्दर्न टेरिटोरीमा बसोबास गर्ने सम्पूर्ण आदरणीय नेपाली समुदाय — दाजुभाइ, दिदीबहिनी, अभिभावक तथा साथीसँग आत्मीय सम्मानसाथ, सन्दीप भुसालले आगामी गैरआवासीय नेपाली संघ (NRNA) नर्दर्न टेरिटोरी (NT) को कोषाध्यक्ष (Treasurer) पदका लागि आफ्नो २०२५–२०२७ कार्यकालको उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

वित्तीय पारदर्शिता, रणनीतिक योजना र दीर्घकालीन दायित्वप्रति प्रतिबद्धता

स्थानीय र राज्य सरकारहरूमा बहु मिलियन डलरका अनुदान प्रक्रियाहरू व्यवस्थापन गर्दै आएकाले, भुसालसँग वित्तीय प्रशासन, जवाफदेहिता, र रणनीतिक योजना निर्माणमा गहिरो अनुभव छ।

उनले भने:“यो अनुभवलाई अब NRNA NT को सेवामा सदुपयोग गर्दै, समुदायप्रति निष्ठापूर्वक सेवा गर्ने अवसर खोज्दैछु।”

उम्मेदवारका प्रतिबद्धताहरू:

  • NRNA NT को वित्तीय स्रोतहरूको पारदर्शी, जिम्मेवार र जवाफदेही व्यवस्थापन

  • डार्विनमा स्थायी नेपाली समुदाय भवन निर्माणको पहलमा प्रत्यक्ष योगदान

  • नेपाल फेस्टिवल, पासपोर्ट क्याम्प, फर्स्ट एड एवं CPR तालिम, र सांस्कृतिक कार्यक्रमहरूको वित्तीय सुदृढीकरण तथा विस्तार

  • सरकारी अनुदानहरू सुनिश्चित गर्दै प्रभावकारी समुदाय विकास कार्यक्रमहरू सञ्चालन

  • डार्विन मात्र नभई Alice Springs, Katherine, Tennant Creek लगायत क्षेत्रीय नेपालीहरूको पहुँचमा वित्तीय सहयोग विस्तार

  • युवा पुस्ता र नयाँ आप्रवासीहरूलाई प्रत्येक पहलमा संलग्न गराउँदै समुदायिक एकता बलियो बनाउने

भुसाल “एकजुट, सक्रिय र सबल नेपाली समुदाय निर्माण” मा विश्वास गर्ने एक अनुभवी, सशक्त र नीतिनिर्माण–उन्मुख टोलीसहित मैदानमा उत्रिएका छन्।

उनले अन्त्यमा सम्पूर्ण समुदायको विश्वास, समर्थन र सहयोगको अपेक्षा गर्दै भने:“NRNA NT को छातामुनि हामीले साझा भविष्य निर्माण गर्न सक्छौं — एकसाथ, पारदर्शितापूर्वक र जिम्मेवार नेतृत्वद्वारा।”