तारा गैरेद्वारा एनआरएनए अष्ट्रेलिया एनसिसी सदस्य पदमा उम्मेदवारी घोषणा

everest kitchen

मेलबर्न, अष्ट्रेलिया – १२ जुलाई २०२५

नेपाली समुदायमा लामो समयदेखि सक्रिय सामाजिक अभियन्ता तारा गैरेले NRNA Australia National Coordination Council (NCC) Member पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

विक्टोरिया राज्यमा रहँदै आएका गैरेले सामाजिक कार्य, च्यारिटी, खेलकुद, सांस्कृतिक तथा जनचेतनामूलक कार्यक्रमहरूमा लामो समयदेखि योगदान दिँदै आएका छन्। उनले भने, “म विक्टोरियाको नेपाली समुदाय प्रतिको आफ्नो प्रतिबद्धता र योगदान छुट्टै बताइरहनु पर्दैन भन्ने लाग्छ।”

NRNA Australia सँगको लामो सहकार्य

गैरे NRNA Australia को गतिविधिमा २०११ देखि नै निरन्तर सक्रिय सहभागिता जनाउँदै आएका छन्। विशेष गरी Nepal Festival Melbourne 2016 र 2018 मा Deputy Coordinator को भूमिकामा रहेका उनले NRNA द्वारा आयोजना गरिएका अधिकांश कार्यक्रममा प्रत्यक्ष संलग्नता जनाएका छन्।

उनले थपे, “NRNA Australia, विशेष गरी Victoria मा सायदै कुनै कार्यक्रम छ जहाँ म सहभागी भएको छैन। चाहे त्यो च्यारिटी होस्, खेलकुद, सामाजिक सचेतना वा सांस्कृतिक कार्यक्रम नै किन नहोस्, म सधैं मैदानमा उभिएको छु—काम गर्ने उद्देश्यका साथ।”

कार्यको मूल्यांकनले उम्मेदवारी बलियो बनाउने विश्वास

गैरेले यसपटक धेरै अग्रजहरूसँग सल्लाह नगरी उम्मेदवारी घोषणा गरेका हुन्। तर, उनी आफूप्रति समुदायको विश्वास बलियो रहेको विश्वास व्यक्त गर्छन्। “तारा गैरे काम गर्ने मान्छे हो, ग्राउण्ड लेभलमा भिड्ने मान्छे हो भन्ने कुरा सबैलाई थाहा छ। र, यसै आधारमा मूल्याङ्कन हुनेछ भन्ने आशा राखेको छु,” उनले उल्लेख गरे।

उनका अनुसार, यो उम्मेदवारी कुनै पदका लागि मात्र होइन, सामुदायिक सेवाको दायित्वलाई अझ मजबुत रूपमा निर्वाह गर्न उठाइएको कदम हो।

अन्तिम सन्देश

गैरेले भने, “अब संस्थामा प्रत्यक्ष रूपमा आवद्ध भएपछि, नेपाली डायस्पोरा र NRNA Australia को समग्र हितमा अझ गम्भीर जिम्मेवारी लिनेछु। मलाई आशा छ, यस यात्रामा समुदायका सबै सदस्यहरूको साथ र समर्थन पाइनेछ।”